Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोरोनाले अबको केही महिना विश्वलाई नै कठिन मोडमा पुर्याउछ : डब्ल्युएचओ

कोरोनाले अबको केही महिना विश्वलाई नै कठिन मोडमा पुर्याउछ : डब्ल्युएचओ


काठमाडौं, एजेन्सी । कोभिड–१९ भाइरसको महामारीले अबका केही महिना विश्वलाई नै अत्यन्तै कठिन मोडमा पुर्याउने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ । डब्ल्युएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले आउँदा केही महिना असाध्यै कठिन रहेको र केही मुलुकहरू खतरनाक बाटोमा रहेको बताउनुभएको हो ।

डब्ल्युएचओका महानिर्देशक गेहब्रेयससले कोरोनाभाइरसविरुद्धको लडाइँ देशहरूले छोड्न नसक्ने र छोड्न नहुने बताए। सबैले सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने, घरबाटै काम गर्नेजस्ता जिम्मेवारी निर्वाह गरेमा पूर्णरूपमा लकडाउन गर्न नपर्ने डब्ल्युएचओको दाबी छ । सङ्क्रमण बढिरहेको भए पनि यसविरुद्ध कडा कदमहरू चालेमा महामारी नियन्त्रण गर्न सकिने डब्ल्युएचको दृढता छ। कोरोनाभाइरसविरुद्धको लडाइँमा हार नखान र भाइरस नियन्त्रणका लागि आवश्यक पर्ने कडा प्रतिबन्धका नियमहरू पालना गर्न विश्वभरका सरकारलाई डब्ल्युएचओका महानिर्देशक गेहब्रेयससले अपिल गरेका छन् । यसअघि पनि डब्ल्यूएचओले उत्तरी गोलार्द्धका मुलुकहरू ‘कठिन अवस्थामा’ रहेको भन्दै चेतावनी दिएको थियो।

डब्ल्यूएचओको पछिल्लो भनाइ स्पष्ट रुपमा ट्रम्प प्रशासनका चिफ अफ स्टाफको पछिल्लो अभिव्यक्तितर्फ लक्षित रहेको आँकलन गरिएको छ । अमेरिकी चिफ अफ स्टाफ मार्क मेडोजले ट्रम्प प्रशासन कोरोनाभाइरसको विश्वव्यापी महामारी नियन्त्रण गर्न नभइ खोप विकास गर्न प्रयासरत रहेको बताएका थिए। कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्मको वर्ल्डोमिटर्सको तथ्यांक अनुसार ४ करोड ३८ लाखभन्दा बढी संक्रमित भएका छन् । यस्तै ११ लाख ६५ हजारभन्दा बढीको मृत्यु भएको जनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6