Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaक्वीन्सल्याण्डमा लेबरलाई बहुमत, एनास्तासिया तेश्रो पटक प्रिमियर !

क्वीन्सल्याण्डमा लेबरलाई बहुमत, एनास्तासिया तेश्रो पटक प्रिमियर !


ब्रिसबेन, अष्ट्रेलिया । अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यमा शनिबार भएको निर्वाचनमा लेबर पार्टीले स्पष्ट बहुमत प्राप्त गरेको छ । वर्तमान प्रिमियर एनास्तासिया पालासेको विजयले लेबर पार्टीलाई तेश्रो पटक राज्य हाँक्ने अवसर दिएको हो ।

विजयसँगै वर्तमान प्रिमियर पलासेले कोरोना भाईरसका कारण भएको क्षतिलाई पूर्ति गर्न भोलिदखि नै खटिने प्रतिबद्धता जनाउनुभएको छ । राति प्राप्त मतपरिणाम अनुसार बहुमतका लागि कूल ४७ सिट जित्नुपर्नेमा ४९ सिटमा विजय हासिल गर्दै तीन क्षेत्रमा अग्रता हासिल गरेपछि जनताले आगामी चार वर्षका लागि लेबर पार्टीलाई नै राज्य सञ्चालनको जिम्मेवारी दिएको स्पष्ट भएको छ। आफ्ना समर्थकहरुमाझ बोल्दै प्रिमियर पालासेले यो वर्ष धेरैका लागि सहज नभएको बताउँदै यो विश्वासको ऋण तिर्न हरेक दिन खटिने प्रतिबद्धता जनाउनुभएको छ ।

विपक्षी लेबर नेशनल पार्टीकी नेतृ डेब फ्रेन्कलिंगटनले हार स्वीकार गर्दै विजयी पालासेलाई बधाई दिनुभएको छ । फ्रेन्कलिंगटनले भन्नुभएको छ – “प्रिमियरका कतिपय कुरामा म सहमत हुन नसकुँला तर एक प्रतिस्पर्धीका रुपमा र राज्यको नेतृत्वका हिसाबले म सदैव सम्मान गर्नेछु ।”
पछिल्लो विजयसँगै पलासे अष्ट्रेलियाकै ईतिहासमा लगातार तेश्रो कार्यकाल विजयी बन्ने पहिलो महिला प्रिमियर बन्नुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6