Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsभारतीय सेनाध्यक्ष नरवणे काठमाडौंमा, सुरक्षा व्यवस्थामा कडाई

भारतीय सेनाध्यक्ष नरवणे काठमाडौंमा, सुरक्षा व्यवस्थामा कडाई


काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिने नेपाल भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन् । भारतीय वायु सेनाको विमानमार्फत बुधबार दिउँसो उनी काठमाडौं आइपुगेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार नरवणेको भ्रमण टोली दुईवटा विमानमा काठमाडौं आएको थियो । नेपाली सेनाको जंगीअड्डा स्रोतले भने नरवणेको भ्रमणमा चार सदस्यीय टोली रहेको जानकारी गराएको छ । विमानस्थलमा नेपाली सेनाको दोस्रो वरीयताका बलाधिकृत रथी प्रभुराम शर्मासहितका सैन्य अधिकृतहले नरवणेको स्वागत गरेपछि विशेष सुरक्षा व्यवस्थाका साथ उनलाई सोल्टी होटलमा लगिएको छ । नरवणेले सीमा विवाद चर्किएका बेला चीनतर्फ इंगित गर्दै नेपालले कसैको इसारामा लिपुलेकको मुद्दा उचालेको टिप्पणी गरेका कारण नेपालमा सुरक्षा चुनौती रहेको विश्लेषण नेपाली सेना, नेपालस्थित भारतीय दूतावासलगायतले गरेर गाडीको अगाडि पछाडि जंगीअड्डाको सैनिक प्रहरी गणको टोलीले र पछाडि नेपाल प्रहरीको एउटा टोलीले स्कटिङ गरेको छ ।

नरवणेलाई कालो झण्डा देखाउने, विरोध प्रदर्शन गर्ने, कफन बाँधेर बस्ने जस्ता गतिविधि हुनसक्ने विश्लेषण सुरक्षा अधिकारिहरुले गरेर भ्रमणको पूर्वसन्ध्यादेखी नै चेकजाँचमा कडाइ गरिएको छ । अहिले उपत्यकामा व्यापक रुपमा सादा पोशाकमा प्रहरी परिचालित गरिएका छन् ।

नरवणेको भ्रमण तालिका

– पहिलो दिन कुनै औपचारिक कार्यक्रम राखिएको छैन । नेपालस्थित भारतीय दूतावासको समन्वयमा अनौपचारिक भेटघाट हुनसक्ने छ । पत्नीसहित आएका उनले पशुपतिनाथ मन्दिरको दर्शन गर्ने बताइएको छ ।

– बिहिबार भोलि नरवणेले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट ग्रहण गर्नेछन् । त्यसपछि उनले जङ्गीअड्डामा सैनिक गारत निरीक्षण गर्नेछन् । समकक्षी नेपाली सेनाका महारथी पूर्णचन्द्र थापासँग पनि नरवणेले बिहीबार नै औपचारिक सम्वाद गर्नेछन् । जंगीअड्डाका उच्च सैन्य अधिकृतहरुसँग छलफलका साथै नरवणेको सम्मानमा जंगीअड्डाले बिहीबार साँझ रात्रि भोजको आयोजना गरेको छ ।

– भ्रमणको अन्तिम दिन शुक्रबार नरवणेले सैनिक स्टाफ कलेज, शिवपुरीमा शिक्षार्थीसँग अन्तरक्रिया गर्नेछन् । त्यसपछि प्रधानमन्त्री एवं रक्षामन्त्री ओलीलाई भेटेर स्वदेश फर्किने कार्यतालिका रहेको छ ।

नेपाल र भारत दुई देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने चलन छ । जसअनुसार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले २८ पुस २०७५ मा भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट मानार्थ महारथीको दर्ज्यानी चिह्न लगाइसकेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6