Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustralia११ लाखले हेरेपछि मख्ख स्वतन्त्र, अब फिल्म बनाउछु

११ लाखले हेरेपछि मख्ख स्वतन्त्र, अब फिल्म बनाउछु


ब्रिजवेन
आफ्नो पहिलो म्युजिक भिडियो नै युट्युबमा ११ लाख पटक हेरिएपछि यतिबेला ब्रिजवेनका एनआरएनए अभियन्ता तथा कलाकार स्वतन्त्रप्रताप शाह मख्ख छन् ।
दुइ वटा नेपाली चलचित्रमा नायक बनिसक्नु भएका शाह अभिनित जनम जनम भन्ने बोलको गितको भिडियो गत अक्टोबर २३ मा युट्युबमा सार्वजनिक भएको हो । गितका गायक कमल खत्रीको युट्युब च्यानलमा अपलोड भएको गितलाई हालसम्म ११ लाख ४४ हजार भन्दा बढी पटक हेरिएको छ । गितमा अधिकांशले सकारात्मक कमेन्ट गरेका छन् ।
म्युजिक भिडियो ब्रिजवेन र वरपरको रेन्बो आइल्याण्ड र सनसाइन कोष्टमा छायाकंन गरिएको हो । सुदिप विष्टले भिडियोमा निकै नै आकर्षक दृश्यहरु कैद गरेका छन् । भिडियोलाई ब्रिजवेनका युवा राजु कानले निर्देशन गरेका हुन् । भिडियोमा स्वतन्त्रसंग कृतिमा श्रेष्ठले पनि अभिनय गर्नुभएको छ ।
नेपाल ट्युबसंग कुरा गर्दै कलाकार शाहले कलाकारिता आफ्नो सौख भएको बताउनुभयो । सन् २००४ मा एकान्टिङ पढ्न कैलालीबाट अष्ट्रेलिया आउनु भएका शाह सुरुवात देखि नै गैर आवासिय नेपाली संघमा सक्रिय हुनुभएको हो । शाह सन् २००९ देखि १५ सम्म तीन कार्यकाल कुइन्सल्याण्ड राज्यको एनआरएनए संयोजक रहिसक्नु भएको छ । नेपाल पर्यटन बोर्डको पर्यटन सद्भावनादूत समेत रहनु भएका शाह युवा उद्यमी समेत हुनुहुन्छ ।
व्यवसाय र सामाजिक अभियन्ता बाहेक आफु कलाकारिता क्षेत्रमा पनि उत्तिकै सौखिन र इच्छुक भएको शाहले बताउनुभयो । बाल्यकालदेखि देखिको कलाकार बन्ने धोकोलाई स्वतन्त्रले २०१३ मा आएर पुरा गर्नुभएको हो । सन् २०१३ मा नेपाल नै गएर स्वतन्त्रले फेसबुक भन्ने सिनेमामा नायकको भूमिका निर्वाह गर्नुभयो । त्यसपछि सन् २०१५ मा मेरो भ्यालेन्टाइन भन्ने सिनेमामा पनि नायकको भूमिकामा नै देखिनुभयो । व्यवसायिक रुपमा यी चलचित्र खासै सफल नभएपनि स्वतन्त्रलाई कलाकार बन्ने बाटो भने खोलिदियो । त्यसपछि अष्ट्रेलिया फर्किएर एनआरएन अभियान र व्यवसायमै सक्रिय रहदै आएका स्वतन्त्र ५ वर्षपछि फेरि कलाकारिता मै फर्किनुभएको हो ।  के अब कलाकारिता नै निरन्तरता दिने त ? भन्ने प्रश्नमा स्वतन्त्र भन्नुहुन्छ- ‘राम्रो टिम र कथा भएमा म अझै पनि सिनेमा खेल्न तयार छु ।’ हालै म्युजिक भिडियो सार्वजनिक भएपछि थुप्रै भिडियोको अफर आइरहेको स्वतन्त्रले बताउनुभयो । तर, कथा र टिम हेरेर मात्रै निर्णय लिने उहाँको भनाई छ ।
सन् २०२१ मा नेपालमा गएर सिनेमा बनाउने तयारी रहेको समेत स्वतन्त्रले खुलासा गर्नुभयो । ‘राम्रो कथा र टिमको खोजी भइरहेको छ’-शाहले भन्नुभयो ।

यस्तो छ भिडियो



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6