Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअमेरिकाका विभिन्न शहरमा प्रदर्शन : कतै गणनाको कतै रोक्नुपर्ने माग

अमेरिकाका विभिन्न शहरमा प्रदर्शन : कतै गणनाको कतै रोक्नुपर्ने माग


एजेन्सी । अमेरिकामा राष्ट्रपतीय निर्वाचनको मतपरिणाम आउन ढिलाइ भएसँगै प्रदर्शनहरू बढ्न थालेका छन् । न्निर्णायक राज्यहरूमा मतगणना जारी रहेका बेला देशका विभिन्न भागमा हरेक भोटको गणना हुनु पर्ने र मतगणना रोक्नुपर्ने दुई फरक माग सहित प्रदर्शन भएका हुन्। अहिले डेमोक्र्याटिक उम्मेद्वार जो बाइडेन समर्थकले हरेक मत गणना हुनु पर्ने माग गरेका छन् भने रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प पक्षकाले केही राज्यको मत गणना रोकिनु पर्ने बताएका छन्।

ओरेगनको पोर्टल्यान्डमा हरेक भोट गणनाको माग गरिरहेका प्रदर्शनकारीहरू प्रहरी दमनको विरोध र जातीय न्याय माग गरिरहेका अरू प्रदर्शनकारीहरूसँग मिसिएका छन्। पछि त्यहाँबाट छुट्टिएको समूहले केही पसलका सिसाहरू फुटाइदिएका छन् । यसलाई प्रहरीले हुलदंगाको संज्ञा दिएको छ । अर्कोतर्फ मिनियापोलसमा प्रदर्शनकारीहरूले इन्टरस्टेट ९४ राजमार्ग नै बन्द गरेका छन्। प्रहरीले भीड हटाउन केहीलाई पक्राउ समेत गर्नुपरेको छ । सिकागो, न्युयोर्क, फिलाडेल्फिया क्षेत्रमा पनि प्रदर्शनहरू भइरहेका छन्। त्यहाँका पनि केही प्रदर्शनकारीले रिपब्लिकनहरू चुनावमा प्रभाव पार्न खोजेको भन्दै सबै भोटहरू गन्नु पर्ने माग गरिरहेका छन् । केही ठाउँमा भएका प्रदर्शनमा भने चुनावी माहैँलको स्वागत बाहेक कुनै स्पष्ट माग उठाइएका छैनन्। डेट्रोइटमा राष्ट्रपति ट्रम्प समर्थकले मतगणना रोक्नु पर्ने माग गर्दै प्रदर्शन गरेका छन्। ट्रम्पले आफूलाई हराउन अवैधानिक मतपत्रलाई पनि गणना गरिएको आरोप आफू बाइडेन भन्दा पछाडी परेदेखि नै लगाउँदै आएका छन् ।

मतगणना स्थलबाहिर जम्मा भएका ट्रम्प समर्थकले झ्यालमा हान्दै ‘मतगणना रोक’ भनेका छन् । फिनिक्समा पनि मतगणना रोक्नु पर्छ भन्दै केही दर्जन मानिसले ट्रम्पका पक्षमा प्रदर्शन गरेका छन्। अमेरिकामा मंगलबार राष्ट्रपतिका लागि मतदान भएपनि केही राज्यहरूको अन्तिम परिणाम आउन बाँकी रहेकाले अहिलेसम्म विजेता घोषणा हुन सकेको छैन। मत परिणामको अन्तिम टुंगो नलागे पनि डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन जित नजिक पुगेका छन्। बुधबार मिसिगन र विन्कन्सिन राज्यमा जित हासिल गरेसँगै उनी जित नजिक पुगेका हुन्। चार वर्ष अगाडि यो राज्य उनीहरूको हातबाट फुस्केको थियो। यी राज्यमा भएको बाइडेनको जितले राष्ट्रपतिमा दोहोरिने ट्रम्पको आकांक्षामा सकस देखिएको छ । राष्ट्रपति चुनिन २ सय ७० इलेक्ट्रोलर कलेज भोट आवश्यक पर्छ।अहिलेसम्मको मतपरिणाम अनुसार वाइडेनले २ सय ६४ इलेक्ट्रोलर कलेज भोट पाएका छन् भने ट्रम्पका पक्षमा २ सय १४ भोट रहेको छ । अब बाइडेनलाई जितका लागि कुनै एक राज्यमा जित हासिल गरे पुग्छ।

हालसम्म ५० अमेरिकी राज्यमध्ये ४३ वटा राज्यको मत परिणाम आइसकेको छ। राष्ट्रपतिमा दोहोरिने चाहना कठिन देखिएसँगै ट्रम्पको चुनावी अभियानले विन्कन्सिनको मत पुनःगणना गर्नुपर्ने माग गरेको छ । यस राज्यमा केही सय भोटले बाइडेन विजयी भएपछि उनीहरूले पुनः मतगणना गर्न माग राख्दै आएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी प्रचार अभियान समूहले मिसिगन, पेन्सल्भेनिया र जर्जियामा मतगणना रोक्न माग गर्दै कानूनी प्रक्रिया नै अघि बढाएका छन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6