Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsजो बाइडेन बने अमेरिकाको ४६ औँ राष्ट्रपति, विदेशनीतिमा बद्लाबको आशा

जो बाइडेन बने अमेरिकाको ४६ औँ राष्ट्रपति, विदेशनीतिमा बद्लाबको आशा


काठमाडौं । संयुक्त राज्य अमेरिकाको ४६औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन निर्वाचित भएका छन्। बाइडेनले पेन्सिलभेनियाको २० इलेक्ट्रोरल मत प्राप्त गरेसँगै सबै मतगणना सकिएर घोषणा गर्नुपूर्व नै ह्वाइटहाउसको यात्रा निश्चित गर्नुभएको हो ।

बाइडेनले अहिलेसम्म २८४ इलेक्ट्रोरल मत प्राप्त गर्दा पराजित ट्रम्पले २१४ इलेक्ट्रोरल मत मात्रै प्राप्त गर्नुभएको छ । राष्ट्रपति बन्नका लागि २७० इलेक्ट्रोरल मत प्राप्त गर्नु पर्दछ । सबै राज्यको अन्तिम नतिजा आउनुअघि नै बाइडेन विजयी हुनु भएको हो । अब वाइडेनले आगामी चार वर्षका लागि ह्वाइटहाउसबाट अमेरिकाको नेतृत्व गर्नुहुनेछ ।

पूर्व राष्ट्रपति बाराक ओबामाकालमा उहाँ उपराष्ट्रपति हुनुहुन्थ्यो । १९४२ नोभेम्बर २० का दिन जन्मिनुभएका बाइडेनले १९७० मा न्यु क्यासल कन्ट्री काउन्सिलर पदमा जित हात पार्दै अमेरिकी इतिहासमा छैटौं कान्छो सिनेटर बन्नुभएको थियो । अहिले राष्ट्रपति निर्वाचनमा इतिहासकै सबैभन्दा बढी मत प्राप्त गरेको रेकर्ड बनाउनुभएको छ ।

अमेरिकी विदेशनीतिमा बद्लाबको आशा
अब स्थिर, विश्वसाीय, बुद्धिमत्तापूर्ण र विश्वव्यापी नेतृत्व गर्ने सामथ्र्ययुक्त अमेरिकी विदेश नीति पुनस्र्थापित हुने आशा गरिएको छ । बाइडेनको जितसँगै ट्रम्पको अनुदार नीतिबाट आजित विश्वले नयाँ आशा, सहकार्य र सामूहिक चुनौती सामना गर्ने नेतृत्व पाएको छ । अब अमेरिका पुनः विश्वव्यापीकरण, स्वतन्त्र व्यापार, विश्व सम्झौता र विश्वव्यापी संस्थाहरूमा फर्किनेछ । महामारीको सामना गरिरहेको विश्वले अमेरिकी नेतृत्वको आवश्यकता र इज्जतको पुनर्परीक्षण गर्ने अवसर आएको छ ।

अमेरिकी पूर्वराष्ट्रपति जोन एफ केनेडीले भनेका थिए— आन्तरिक नीतिले हामीलाई पराजित गर्न सक्छ, विदेश नीतिले हामीलाई मार्न सक्छ ।यो भनाइबाट अमेरिकामा विदेश नीति कति महत्वपूर्ण छ भन्ने संकेत गर्छ । ट्रम्पको कार्यकालमा अमेरिकाको विदेश नीति निकै बिग्रेको छ । यसबाट अमेरिकी साझेदारहरू हैरान बनेका छन् । क्यानडा लगायत अमेरिकाका मित्रराष्ट्रहरू पनि भन्सार वृद्धि लागायत ट्रम्पको एकतर्फी निर्णयले आजित छन् । पक्कै पनि सुरुवाती दिनमा कोरोना भाइरसको महामारीले संकटको सामना गरिरहेको अमेरिकामा बाइडेन आन्तरिक मामिलामा केन्द्रित हुनेछन् । आफ्नो प्रशासनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन र महामारीमा केन्द्रित हुनेछन् तर पनि उनी विदेश नीतिबाट टाढा रहन सक्ने छैनन् ।

बाइडेनको नयाँ विदेश नीति, सुरक्षा नीति, जलवायु परिवर्तन, अध्यागमन, श्रम र पारवहन लगायतका नीतिले अरू देशहरूलाई समेत प्रभाव पार्नेछ । अमेरिकामा नयाँ राष्ट्रपतिको आगमनले नेपालले खासै लाभ लिन नसके पनि अमेरिकामा अवैधरूपले बसिरहेका नेपालीहरू ट्रम्पको अनुदार आप्रवासी नीतिले मर्कामा पर्न सक्थे । अब त्यस्तो अवस्था नहुन सक्छ । अमेरिकी नीति पारित गर्न अमेरिकी संसद खासगरी सिनेटमा बहुमतको निकै महत्व छ ।  बाइडेनको प्रशासनले युरोपेली साझेदारहरूमा पुनः विश्वास र एकता कायम गर्ने नयाँ अवसर लिन सक्नेछ । ट्रम्पले भत्काएको सम्बन्ध बाइडेनले जोड्नेछन् । युरोपसँग तत्कालै सम्बन्ध बढाएर रुसलाई पुनः अमेरिकी राष्ट्रिय सुरक्षाको ठूलो खतराको रूपमा व्यवहार गर्न सक्छन् ।भारतसँगको अमेरिकी नीतिमा भने बदलाब आउनेछैन । अमेरिकाले भारत लगायत मित्रराष्ट्रहरूको सम्बन्ध यथावतरूपमै अगाडि बढाउने देखिन्छ ।

बाइडेनले चीनसम्बन्धी नीति तत्काल परिवर्तन गर्नसक्ने छैनन् । चीननीतिमा यसअघिकै डेमोक्रेटिक उम्मेदवार बाराक ओवामाको पदचाप हुनसक्छ । अमेरिकामा विश्वासिला र परम्परादेखि नै चल्दै आएको विदेश नीतिमा ठूलो परिवर्तन गर्न गाह्रो छ तर ट्रम्पले धेरै बदलाब ल्याई अविश्वासको अवस्था सिर्जना गरिदिएको अवस्थालाई बाइडेनले सुधार गर्ने आशा गरिएको छ । सारमा बाइडेनको विजयले अमेरिकाको विश्वब्यापी भूमिका बढाइदिनेछ । Photo : Joe Biden fb



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6