Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनव निर्वाचित अमेरिकी राष्ट्रपति बाइडेनले घोषणा गरे कोरोना भाइरस टास्क फोर्स, मास्क लगाउन अपिल

नव निर्वाचित अमेरिकी राष्ट्रपति बाइडेनले घोषणा गरे कोरोना भाइरस टास्क फोर्स, मास्क लगाउन अपिल


काठमाडौं, अमेरिका । नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले अमेरिकीहरुलाई मास्क लगाउन अपिल गर्नुभएको छ । अति तीव्र गतिमा फैलिरहेको कोरोना भाइरस महामारी नियन्त्रणको सबैभन्दा प्रभावकारी माध्यम मास्क नै भएको भन्दै टेलिभिजन सम्बोधन मार्फत सबै अमेरिकीलाई मास्कको प्रयोग गर्न बाइडेनले आग्रह गर्नुभएको हो ।

चुनावी अभियानका क्रममा पनि बाइडेनले लगातार मास्क लगाउन आग्रह गर्दै आउनुभएको थियो । निर्वाचित राष्ट्रपतिका रुपमा समेत उहाँले सबै अमेरिकीलाई मास्क लगाउन अपिल गर्नुभएको हो । बाइडेनले भन्नुभएको छ, अमेरिकाले ‘सारै अँध्यारो (भयावह) जाडो याम’ को सामना गरेको र महामारीको अझै खराब लहर आउन बाँकी रहेकोले सबै सचेत हुनुपर्छ । कोभिड–१९ सँग जुध्नका लागि अमेरिकीले राजनीतिलाई पाखा लगाउनु पर्ने दाबी गर्नुभएका नव निर्वाचित राष्ट्रपति बाइडेनले आफ्नो टास्क फोर्स समेत घोषणा गर्नुभएको छ । विज्ञानलाई मान्ने बताएका छन् ।

बाइडेनले अन्तरिम अवधिका लागि काम सुरु गरे पनि चुनावको नतिजा स्वीकार गर्न तयार नभएका ट्रम्पले अदालतमा विभिन्न मुद्दा दायर गरेका छन् । उहाँले चुनावमा धाँधली भएको आरोप लगाए पनि अहिलेसम्म ठोस प्रमाण भने भेटिएको छैन । नोभेम्बर ३ मा भएको चुनावमा पराजित भए पनि हार स्वीकार नगर्नुभएका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने मास्कलाई लिएर सदैव आशंका व्यक्त गर्दै आउनुभएको छ । बाइडेन देशव्यापी रुपमा ट्रम्प भन्दा ४५ लाख भन्दा बढि मतले अघि रहनुभएको छ । राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित जो बाइडेन र कमला ह्यारिसले अन्तरिम कालका लागि वेबसाइट पनि तयार पारिसकेका छन् । अन्तरिम कालका लागि जनरल सर्भिस एड्मिनिस्ट्रेसन नामक संघीय एजेन्सीको सहयोग चाहिन्छ । तर ट्रम्पले नियुक्त गरेका सो एजेन्सीका प्रमुखले सहकार्यको सुरुवात कसरी हुने छ भन्ने अहिलेसम्म कुनै जानकारी गराएका छैनन ।

बाइडेनले तीन सह–अध्यक्ष तथा १० सदस्यसहितको कोरोना भाइरस टास्क फोर्स घोषणा गर्नुभएको छ । कोरोना भाइरसको महामारीबाट अमेरिका सबैभन्दा बढी प्रभावित भएको देश हो । त्यहाँ अहिलेसम्म एक करोड ४२ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । कोभिड–१९ बाट अमेरिकामा दुई लाख ४४ हजार भन्दा बढिको ज्यान गएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6