Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल उद्योग वाणिज्य महासंघको चुनाव : व्यवसायीक हक हित भन्दा बढी राजनीति

नेपाल उद्योग वाणिज्य महासंघको चुनाव : व्यवसायीक हक हित भन्दा बढी राजनीति


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा यसपटक व्यवसायिक घरानाबाट वरिष्ठ उपाध्यक्ष रहेका शेखर गोल्छा विधानअनुसार स्वतः अध्यक्ष बन्दै छन् । तर उनी नीजि व्यवसायीहरुको नेतृत्वमा पुग्दैगर्दा भोलीको नेतृत्वका लागि भने वरिष्ठ उपाध्यक्ष कसलाई बनाउने र नबनाउने भन्ने राजनीति सुरु भएको छ । व्यवसाय बुझेका गोल्छा अध्यक्ष बन्दै गर्दा निष्पक्ष भई महासंघमा राजनीतिक प्रभाव कम गर्ने प्रयास गर्नुपर्नेमा वरिष्ठ उपाध्यक्षका आंकाक्षी उमेदवारबीचको गुटमा छिर्नुभएको छ ।

महासंघमा पहिले सक्षम वा अक्षम जो–कोही अध्यक्ष निर्वाचित भएपनि तीन वर्ष झेल्नुपर्ने हुन्थ्यो । तर राजनीति भयो भनेर परिवर्तन गरिएको विधानले अहिले वरिष्ठ उपाध्यक्ष असक्षम परेमा ६ वर्ष झेल्नुपर्ने अवस्था देखिएको छ । अर्थतन्त्र बिचौलियाको दबदबामा पर्दा अहिले नेपालको निजी क्षेत्र पहिलेभन्दा कमजोर अवस्थामा छ । सरकारी नीति नियम निजी क्षेत्रलाई अगाडि बढाउने होइन भूमिका खुम्च्याउनेतर्फ उद्धत छन् । निजीकरण, आर्थिक उदारीकरण, आर्थिक सुधार, सुशासन पछाडि परेको छ । खासमा भन्नुपर्दा विदेशबाट प्राप्त रेमिट्यान्सले मात्र अर्थतन्त्र चलायमान बनिरहेको छ । यो अवस्थामा निजी क्षेत्रको पक्षमा लबिइङ गर्न सक्षम, आर्थिक उदारीकणको पक्षधर मजबुत टिम महासंघको नेतृत्वमा आउनुपर्छ ।

महासंघमा विनोद चौधरी र त्यसपछि पद्म ज्योति हुँदासम्म आर्थिक नीतिबारे छलफलहरु हुन्थे । निजीकरण, नेपालका पक्षमा उदार मानिएको नेपाल–भारत वाणिज्य सन्धि पनि भयो । तर, त्यसपछि उद्योग व्यवसाय कमजोर भएका व्यक्ति महासंघको नेतृत्वमा पुग्दा निजी क्षेत्रको भूमिका नै खुम्चिएको छ । महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि चन्द्र ढकाल र किशोर प्रधान समूह नै बनाएर चुनावी दौडाहामा लागेका छन् । यी उमेदवारलाई बोकेर भिडाउने समूह पनि मैदानमा छ । प्रधानले महासंघलाई बलियो बनाउने अभियानमा आफू पुजारी बन्न दाबी गर्दै आउनुभएको छ । अर्का प्रतिस्पर्धी ढकाल व्यवसायमा सफल व्यक्ति हुन् । उनले देशभित्रै रोजगार वृद्धि निजी क्षेत्रको भूमिका विस्तारको कुरा उठाएका छन् ।

उद्योग वाणिज्य महासंघ नीजि उद्योगी व्यवसायीको पक्षमा नीति वनाउन, औद्योगिक वातावरण बनाउन सरकारलाई दबा दिने बलियो संगठन बन्नुपर्ने समयमा सार्व समूहले यसको नेतृत्वका लागि आँखा लगाउँदा उद्योगी व्यवसायीहरु नै कमजोर बन्न पुगेको कतिपयको आँकलन छ । नेपालको पुरानो व्यावसायिक घरनाका शेखर गोल्छाले महासंघको अध्यक्ष बनेर नेतृत्व दिदा उनलाई साथ दिन कस्तो टिम आउँछ भन्ने नै अहिलेको मुख्य प्रतिक्षा बनेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6