Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsवरिष्ठ हास्य कलाकार मनोज गजुरेल कोरोनामुक्त

वरिष्ठ हास्य कलाकार मनोज गजुरेल कोरोनामुक्त


काठमाडौं । वरिष्ठ हास्य कलाकार मनोज गजुरेल ११ दिनको अस्पताल बसाइँ पछि कोरोना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् । ११ दिनको अस्पताल बसाइ पश्चात कोभिड १९ को सबै रिपोर्ट नेगेटिभ आएपछि घर फर्किएर आराम गरिरहेको गजुरेलले सामाजिक सन्जाल फेसबुक मार्फत जानकारी गराएका हुन् ।

वरिष्ठ हास्य कलाकार गजुरेलले केही दिनमा पूर्ण स्वस्थ भएर काममा फर्किने समेत दाबी गरेका छन् । यही कात्तिक १० गते उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । सुरुमा घरमै आइसोलेसनमा बस्दै आए पनि अक्सिजनको मात्रा घट्दै गएपछि र फोक्सोमा पनि संक्रमण देखिएपछि उनलाई यही कात्तिक २० गते बलम्बुस्थित सशस्त्र प्रहरीको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो ।

उच्चस्तरको उपचार सेवा दिएको भन्दै उनले सशस्त्र प्रहरीको नेपाल एपीएफ अस्पताल परिवार र सबै शुभचिन्तकहरुलाई धन्यवाद दिएका छन् । कोरोना संक्रमणको महमारीबाट आफू जोगिन र अरुलाई पनि जोगाउन आह्वान गर्दै दीपावलीको शुभकामनासमेत गजुरेलले दिएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6