Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअमेरिकी कम्पनी मोडेर्नाले विकास गरेको खोपले कोरोना बिरुद्ध ९५ प्रतिशत सुरक्षा दिने

अमेरिकी कम्पनी मोडेर्नाले विकास गरेको खोपले कोरोना बिरुद्ध ९५ प्रतिशत सुरक्षा दिने


काठमाण्डौं । अमेरिकाको औषधि कम्पनी मोडेर्नाले आफूले विकास गरेको खोपले कोभिड–१९ बाट झण्डै ९५ प्रतिशत सुरक्षा दिने दाबी गरेको छ । परिक्षणको पछिल्लो प्रारम्भिक तथ्याङ्कका आधारमा देखिएको खोपको उपलब्धिलाई लिएर मोडेर्नाले यो ‘ठूलो दिन’ भएको बताएको छ । अबको केही हप्ताभित्र खोप प्रयोग गर्नका लागि अनुमति लिन आवेदन दिने मोर्डनाले जनाएको छ ।

केही दिनअघि मात्र फाइजर कम्पनीले उत्पादन गरेको खोपले ९० प्रतिशतसम्म सुरक्षा दिने दाबीसहितका समाचार बाहिरिएको थियो । खोप विकासको पछिल्लो परिणामबाट कोरोना नियन्त्रणमा खोपप्रतिको आत्मविश्वास समेत बढेको छ । कोरोना खोपको खोजमा जुटेका यी दुवै कम्पनीले खोप विकास गर्न अत्यन्त नवीनतम प्रयोगहरू गरेको बताउँदै आएका छन् । यद्यपि अझै पनि प्रारम्भिक डाटा मात्र आएका कारण खोपको प्रयोग र यसले कोरोना रोकथाममा खेल्ने भुमिका बारेका कतिपय प्रश्न अनुत्तरित नै छन् । यो खोपको परीक्षणमा ३० हजार अमेरिकी सहभागी भएको र यी मध्ये आधालाई दुई खेप खोप लगाइएको तथा बाँकीलाई ‘डम्मी’ खोप लगाइएको बताइएको छ । सहभागीमध्ये ९५ जनामा कोरोना सङ्क्रमण देखिएपछि पछिल्लो नतिजा निस्किएको कम्पनीले जनाएको छ । सहभागीमध्ये पाँच जनालाई वास्तविक खोप र ९० जनालाई डम्मी खोप लगाउँदा खोपले ९४ दशमलव ५ प्रतिशतसम्म सुरक्षा दिएको पाइएको कम्पनीले जनाएको छ । परीक्षणमा सहभागीमध्ये ११ वटा कोभिडसँग सम्बन्धित समस्या थिए ।

मोडेर्नाको खोप भण्डारण फाइजर कम्पनीभन्दा सहज हुने बताइएको छ । फाइजरको खोप माइनस ७० डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने भए पनि यसलाई माइनस २० डिग्री सेल्सियस तापक्रममा ६ महिनासम्म स्थिर रुपमा भण्डारण गर्न र एक महिनासम्म फ्रिजमा राख्न सकिने निर्माता कम्पनीले जानकारी दिएको छ । यो खोप सफल भएमा अन्यको तुलनामा धेरैले लाभ लिन सक्नेछन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6