Saturday, 24 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Breaking News ∕ अमेरिकी कम्पनी मोडेर्नाले विकास गरेको खोपले कोरोना बिरुद्ध ९५ प्रतिशत सुरक्षा दिने

अमेरिकी कम्पनी मोडेर्नाले विकास गरेको खोपले कोरोना बिरुद्ध ९५ प्रतिशत सुरक्षा दिने


काठमाण्डौं । अमेरिकाको औषधि कम्पनी मोडेर्नाले आफूले विकास गरेको खोपले कोभिड–१९ बाट झण्डै ९५ प्रतिशत सुरक्षा दिने दाबी गरेको छ । परिक्षणको पछिल्लो प्रारम्भिक तथ्याङ्कका आधारमा देखिएको खोपको उपलब्धिलाई लिएर मोडेर्नाले यो ‘ठूलो दिन’ भएको बताएको छ । अबको केही हप्ताभित्र खोप प्रयोग गर्नका लागि अनुमति लिन आवेदन दिने मोर्डनाले जनाएको छ ।

केही दिनअघि मात्र फाइजर कम्पनीले उत्पादन गरेको खोपले ९० प्रतिशतसम्म सुरक्षा दिने दाबीसहितका समाचार बाहिरिएको थियो । खोप विकासको पछिल्लो परिणामबाट कोरोना नियन्त्रणमा खोपप्रतिको आत्मविश्वास समेत बढेको छ । कोरोना खोपको खोजमा जुटेका यी दुवै कम्पनीले खोप विकास गर्न अत्यन्त नवीनतम प्रयोगहरू गरेको बताउँदै आएका छन् । यद्यपि अझै पनि प्रारम्भिक डाटा मात्र आएका कारण खोपको प्रयोग र यसले कोरोना रोकथाममा खेल्ने भुमिका बारेका कतिपय प्रश्न अनुत्तरित नै छन् । यो खोपको परीक्षणमा ३० हजार अमेरिकी सहभागी भएको र यी मध्ये आधालाई दुई खेप खोप लगाइएको तथा बाँकीलाई ‘डम्मी’ खोप लगाइएको बताइएको छ । सहभागीमध्ये ९५ जनामा कोरोना सङ्क्रमण देखिएपछि पछिल्लो नतिजा निस्किएको कम्पनीले जनाएको छ । सहभागीमध्ये पाँच जनालाई वास्तविक खोप र ९० जनालाई डम्मी खोप लगाउँदा खोपले ९४ दशमलव ५ प्रतिशतसम्म सुरक्षा दिएको पाइएको कम्पनीले जनाएको छ । परीक्षणमा सहभागीमध्ये ११ वटा कोभिडसँग सम्बन्धित समस्या थिए ।

मोडेर्नाको खोप भण्डारण फाइजर कम्पनीभन्दा सहज हुने बताइएको छ । फाइजरको खोप माइनस ७० डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने भए पनि यसलाई माइनस २० डिग्री सेल्सियस तापक्रममा ६ महिनासम्म स्थिर रुपमा भण्डारण गर्न र एक महिनासम्म फ्रिजमा राख्न सकिने निर्माता कम्पनीले जानकारी दिएको छ । यो खोप सफल भएमा अन्यको तुलनामा धेरैले लाभ लिन सक्नेछन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-24' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6