Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकाठमाडौंमा ७ लाख नगदसहित ७ जुवाडे पक्राउ

काठमाडौंमा ७ लाख नगदसहित ७ जुवाडे पक्राउ


काठमाडौं । काठमाडौँको कुलेश्वरबाट ७ लाखभन्दा बढी नगदसहित ७ जुवाडे पक्राउ परेका छन् । महानगरीय प्रहरी बृत्त कालिमाटीका अनुसार जुवा खेलिरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले काठमाडौँ–१४ कुलेश्वरस्थित शिब श्रेष्ठको घरबाट ७ लाखभन्दा बढी नगदसहित ७ जनालाई पक्राउ गरेको हो ।

कुलेश्वर घर भई बस्ने बर्ष ४४ को महानगरीय प्रहरी बृत्त कालिमाटीका प्रहरी नायव उपरीक्षक अपिलराज बोहोराले पक्राउ जुवाडेका साथबाट ७ लाख ९४ हजार ८७० रूपैयाँ, विभिन्न बैंकका ११ थान चेक र एक बुक तास बरामद गरिएको जानकारी दिए । पक्राउ पर्नेमा काभ्रे चौरी देउराली गाउँपालिका वडा नं. ६ घर भई कुलेश्वर बस्ने वर्ष ४४ को यादब चौलागाँई ,धादिङ्ग थाक्रे गाउँपालिका वडा नं. ८ घर भई कलंकी बस्ने वर्ष ४१ को राजु पौडेल, चितवन भरतपुर १३ घर भई कुलेश्वर बस्ने वर्ष ३१ को राजिब श्रेष्ठ, वर्ष ४४ को केशब प्रसाद मुडवरी फबारा जितपुर घर भई कलंकी बस्ने वर्ष ४१ को श्याम तामाङ्ग, कैलाली बर्दगोरिया गाउपालिका वडा नं. ३ घर भई कालीमाटी बस्ने वर्ष २८ को प्रेम बडुवाल रहेका छन् ।

उनीहरुलाई जुवा ऐन अन्तर्गत कारबाही अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6