Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsस्वाधीनता रक्षाको माग राखेर राष्ट्रिय झण्डासहित काठमाडौंमा प्रदर्शन

स्वाधीनता रक्षाको माग राखेर राष्ट्रिय झण्डासहित काठमाडौंमा प्रदर्शन


काठमाडौं । मुलुकको स्वाधीनता रक्षाका लागि भन्दै राष्ट्रिय झण्डासहित काठमाडौंमा प्रदर्शन गरिएको छ । मातृभूमि संरक्षण नेपालको आयोजनामा काठमाडौंको हनुमानढोका क्षेत्रमा राष्ट्रिय झण्डासहित प्रदर्शन भएको हो ।

राष्ट्रवादको नाराले सुख पाउँछ साराले नारासहित सुरु भएको प्रदर्शनमा राष्ट्रिय झण्डासहित युवाहरुको सहभागीता देखिएको थियो । प्रदर्शनमा सहभागी उनीहरुले राष्ट्र, राष्ट्रियता र अखण्डताको रक्षाका लागि प्रदर्शन गरेको बताएका छन् ।

प्रदर्शनका क्रममा राजसंस्था र हिन्दु राज्यका पक्षमा समेत नाराबाजी गरिएको थियो । प्रदर्शनका क्रममा हुनसक्ने संभावित मुडभेड रोक्न भन्दै बाक्लो संख्यामा सुरक्षाकर्मीको परिचालन गरिएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6