Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaमेलवर्नमा एक नेपाली युवक वेपत्ता, खोज्नलाई सहयोग गर्न प्रहरी आग्रह

मेलवर्नमा एक नेपाली युवक वेपत्ता, खोज्नलाई सहयोग गर्न प्रहरी आग्रह


मेलर्वन, दुइ साता देखि आकाश श्रेष्ठ नाम गरेका युवक मेलर्वनबाट हराइरहेका छन् । भिक्टोरिया प्रहरीले जारी गरेको विज्ञप्तीका अनुसार २७ वर्षिय श्रेष्ठ १३ नोभेम्बर शुक्रबारदेखि हराइरहेका हुन् ।
आकासले अन्तिम पटक शुक्रबार ४ बजेर ४० मिनेटमा टेक्स मेसेज मार्फत परिवारसंग सम्पर्क गरेका थिए । मेसेजमा आकाशले त्यहि साँझ इष्ट मेलवर्नस्थित घरमा फर्कने बताएका थिए ।
दुइ साता बित्नै लाग्दा पनि आकास परिवारको सम्पर्कमा नआएपछि प्रहरीले खोजी कार्य सुरु गरेको हो । प्रहरीले आकाशको खोजी गरिदिन समुदायसंग सहयोग मागेको छ । प्रहरीले आकाशलाई कतै देखेमा नजिकको प्रहरी कार्यलय वा इष्ट मेलवर्न प्रहरी कार्यलयको नम्बर ०३- ९६३७११०० मा सम्पर्क गरिदिन आग्रह गरेको छ । नेपाल ट्युबले भिक्टोरिया प्रहरीसंग गरेको कुराकानीमा आकासको पृष्ठभूमि र व्यक्तिगत विवरण खुलाउन नसकिने जनाएको छ । तर, गैर आवासिय नेपाली संघ भिक्टोरियाका अध्यक्ष प्रेम कँडेलले भने आकाश नेपाली भएको जानकारी आएको बताउनुभयो । आकाश बारे थप सुचना संकलन गर्ने काम भइरहेको कँडेलको भनाई छ ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6