Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsडा. बाबुराम भट्टराईसहित ३२ सांसदले अझै फिर्ता गरेनन दशै भत्ता

डा. बाबुराम भट्टराईसहित ३२ सांसदले अझै फिर्ता गरेनन दशै भत्ता


काठमाडौं । कात्तिक पहिलो साता सांसदहरुले दसैं भत्ता लिएको विषयलाई बहस र समाचारको विषय बनाउन भूमिका खेल्ने पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नै अहिलेसम्म दशै भत्ता फिर्ता नगरेको पाइएको छ ।

दसैं भत्तासँग जोडिएर तीनवटा ट्वीट गरेका डा. भट्टराईले सांसदको मात्रै नभएर सरकारी कर्मचारीको समेत दसैंमा वितरण हुने अतिरिक्त तलब भत्ता रोक्न माग गर्नुभएको थियो । सर्वत्र आलोचना भएपछि सांसदहरुले धमाधम दसैं भत्ता फिर्ता गरे पनि डा. भट्टराईसहित उहाँको पार्टी जनता समाजवादी पार्टी (जसपा) का एकजना बाहेक सबै सांसदले दसैं भत्ता फिर्ता गरेका छैनन् । जसपाका ३४ सांसदमध्ये हरिनारायण रौनियार निलम्बनमा पर्दा रेशम चौधरी जेलमा छन् ।

संसद सचिवालयका अनुसार जसपाका सांसद महेन्द्र राय यादवले मात्रै दसैं भत्तावापतको ६४ हजार ७० रुपैयाँ कोरोना कोषमा जम्मा गरेका छन् । यादव दसैं भत्ता फिर्ता गर्ने जसपाका एक्ला सांसद हुन् । यादवले व्यक्तिगतरुपमा संसद सचिवालयलाई चिठी लेखेर दसैं भत्ता वापतको रकम कोरोना कोषमा जम्मा गर्न आग्रह गरेर फिर्ता गरेका थिए । संसद सचिवालयले सांसदहरुको दसैं भत्ता फिर्ता गर्ने विषयमा पटक–पटक ध्यानाकर्षण गराउँदा पनि जसपाको तर्फबाट कुनै चिठी नआएको जनाएको छ । यता जसपाका नेताहरु भने दसैं भत्ता वापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय पार्टीले गरिसकेको तर, चिठी पठाउन बाँकी रहेको बताइरहेका छन् ।

जसपा बाहेक स्वतन्त्र सांसदको हैसियतमा रहेका राप्रपाका सांसद राजेन्द्र लिङदेनले पनि दसैं भत्ता फिर्ता नगरेको पाइएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले पत्र लेखेर पार्टीका सांसदहरुको दसैं भत्ता कोरोना कोषमा पठाउन आग्रह गरेसँगै दुबै पार्टीका सांसदको कार्तिक महिनाको तलब कोषमा पठाइएको संसद सचिवालयले जनाएको छ । स्वतन्त्र सांसदको हैसियतमा रहेका नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले भने चाडपर्व खर्च नै लिएका थिएनन ।

कोरोना कोषमा करिब २ करोड थपियो

सांसदहरुको दसैं भत्ताबाट कोरोना कोषमा करिब २ करोडको योगदान भएको छ । सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले ६७ हजार ३२० रुपैयाँका दरले दसैं भत्ता कोरोना कोषमा जम्मा गर्दा राष्ट्रिय सभा उपाध्यक्ष शशीकला दाहालले ७० हजार ७३० रुपैयाँ कोरोना कोषमा जम्मा गर्नुभएको छ । नेकपाका सांसदहरुको तर्फबाट एक करोड २४ लाख १३ हजार ८६४ रुपैयाँ, नेपाली कांग्रेसका सांसदहरुको तर्फबाट ४३ लाख ५ हजार ९३६ रुपैयाँ कोरोना कोषमा जम्मा भएको छ । जसपाका सांसद महेन्द्र राय यादव र स्वतन्त्र सांसदको हैसियतमा रहेका जनमोर्चाकी सांसद दुर्गा पौडेलले पनि दसैं भत्ता वापतको ६४ हजार ७० रुपैयाँ कोरोना कोषमा जम्मा हुने गरी फिर्ता गर्नुभएको छ ।

सांसदहरुका तर्फबाट दसैं भत्ता वापत्त लिएको रकम कात्तिक महिनाको तलबबाट कटाइएको संसद सचिवालयले जनाएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण फेला परेपछि रकम जोहो गर्न भन्दै ०७६ चैतमा नेकपा, नेपाली कांग्रेस, तत्कालिन राजपा नेपालका सांसदहरुले १५ दिनको तलब कोरोना कोषमा जम्मा गरे पनि डा. बाबुराम भट्टराईसहित तत्कालीन समाजवादी पार्टीका १६ जना सांसदले १५ दिनको तलब समेत कोरोना कोषमा जम्मा गरेका छैनन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6