Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalफास्ट ट्रयाकको निर्माण निर्धारित समयसीमाभित्रै सकिन्छ : सेना

फास्ट ट्रयाकको निर्माण निर्धारित समयसीमाभित्रै सकिन्छ : सेना


काठमाडौं । नेपाली सेनाले काठमाडौँ–तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको काम निर्धारित समयसीमाभित्रै सकिने बताएको छ । एसियाली राजमार्ग डिजाइन मापदण्ड १९९३ अनुसार निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना निर्माणको गति बढेको भन्दै सेनाले समयसीमाभित्रै निर्माण कार्य सकिने जानकारी गराएको हो ।

सेनाले एक विज्ञप्ती जारी गर्दै भनेको छ– ‘एसियाली राजमार्ग डिजाइन मापदण्ड १९९३ अनुसार निर्माण हुने राष्ट्रिय गौरवको यो आयोजनाले विभिन्न व्यवधानका बाबजुद हाल आएर गति पकडेको छ, जसबाट यसको समयसीमाभित्र निर्माण सम्पन्न हुने सम्भावनामा गुणात्मक वृद्धि भएको छ,’ ७२ दशमलव ५ किलोमिटर लामो दुरी रहने आयोजनाको बाग्मती प्रदेश र प्रदेश २ का गरी चारवटा जिल्ला ललितपुर, काठमाडौँ, मकवानपुर र बारा हुँदै निजगढलाई अन्तिम बिन्दुका रूपमा प्रस्ताव गरिएको छ । सेनाले लामो समयसम्म डीपीआर उपलब्ध नहुनु, उपलब्ध भइसकेपछि स्वीकृति हुन समय लाग्नु र अन्तर्राष्ट्रिय परामर्शदाताको छनोटमा भएको ढिलाइले निर्माणले गति लिन नसकेको जनाएको छ ।

कोभिड–१९ का कारण समेत केही समय आशातीत गतिमा निर्माण कार्य अघि बढ्न नसकेको दाबी सेनाको छ । अहिले अन्तर्राष्ट्रिय परामर्शदाता र सम्बद्ध टिमको आगमन एवं जटिल पाटोका रूपमा रहेको सुरुङ मार्गका लागि कम्पनीहरूको सटिङका लागि मूल्यांकन कार्य भइरहेको जनाइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6