Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकुइन्सल्याण्डकी नव नियुक्त मन्त्रीद्वारा नेपाली समुदायलाई सहयोग गर्ने बाचा

कुइन्सल्याण्डकी नव नियुक्त मन्त्रीद्वारा नेपाली समुदायलाई सहयोग गर्ने बाचा


ब्रिजवेन
अष्ट्रेलियाको कुइन्सल्याण्ड राज्यकी नवनियुक्त मन्त्री लिन इनोचले आफ्नो राज्यको नेपालीलाई सहयोग गर्ने बाचा गर्नुभएको छ । नेपाली समुदायले आयोजना गरेको बधाई तथा भेटघाट कार्यक्रममा बोल्दै मन्त्री इनोचले आफ्नो कार्यकाल अवधीमा नेपाली समुदायलाई सहयोग जुटाउन हरसंभव प्रयास गर्ने बताउनुभएको हो ।

हालै सम्पन्न राज्यस्तरको निर्वाचनमा इनोच दक्षिणी ब्रिजवेनको एल्गेस्टर क्षेत्रबाट सांसद चुनिनु भएको हो । लेभर पार्टीकी सांसद इनोचले हालै गठन भएको कुइन्सल्याण्ड सरकारमा समुदाय र आवासी मन्त्री तथा कला र डिजिटल अर्थतन्त्र मन्त्रीको समेत जिम्मेवारी पाउनु भएको छ । नवनियुक्त मन्त्रीलाई बधाई दिन एल्गेस्टर क्षेत्रका स्थानिय बासिन्दा तथा इन्जिनियर इश्वर कुइकेलको नेतृत्वमा ९ सदस्यीय टोली इनोचको कार्यलयमा पुगेका थिए । टोलीमा एनआरएनए कुइन्सल्याण्डका संयोजक उमेश खड्का, लेभरपार्टी समर्थक अभिमन्यु केसी, संचारकर्मीद्व डाक्टर भरतराज पौडेल र सरल गुरुङ,  डाक्टर सुजन घिमिरे, गौरव पोखरेल सहभागी हुनुहुन्थ्यो  । त्यस्तै रमेश कुईकेल र स्थानिय रियल स्टेट एजेन्ट सन्दिप भट्टराई पनि मन्त्रीलाई बधाई दिन पुग्नु भएको थियो | भेटका क्रममा कुइकेलले मन्त्री इनोचलाई नेपाली खुकुरी उपहार दिनु भएको थियो भने केसीले नेपाली ढाकाको खादा लगाइदिएर बधाई दिनुभएको थियो ।  छलफलका क्रममा मन्त्रीलाई नेपाली समुदायको समस्या र नया सरकारसंग गरिएको अपेक्षाका बारेमा जानकारी गराइएको थियो । छलफलका क्रममा केसीले मन्त्री इनोचलाई सामुदायिक भवन नहुदा नेपाली समुदायलाई आफ्नो सांस्कृतिक कार्यक्रम गर्न अप्ठ्यारो परेको जानकारी गराउनु भएको थियो । उत्तरमा मन्त्री इनोचले आफुले बहुसांस्कृतिक मामिला मन्त्रीसंग यसबारे कुरा गरेर सामुदायिक भवन निमार्णमा सक्दो सहयोग गर्ने आश्वसन समेत दिनुभयो ।

नेपाली खुकुरी उपहार लिदै मन्त्री इनोच

कार्यक्रममा कोभिडका बेला नेपाली विद्यार्थीले भोगेको समस्या बारे संचारकर्मीले राखेको प्रश्नको उत्तर दिदै मन्त्री इनोचले सरकारले अप्ठ्यारोमा परेका अन्तराष्ट्रिय विद्यार्थीलाई सहयोग गर्न विश्वविद्यालयहरुलाई रकम दिइएको बताउनुभयो । अप्ठ्यारोमा परेका नेपाली विद्यार्थीले आफ्नो विश्वविद्यालयबाट उक्त राहत रकम लिन सक्ने तथा लिन समस्या परे आफुलाई सम्पर्क गर्न समेत मन्त्री इनोचले आव्हान गर्नुभयो ।

नेपाली ढाकाको खादा लगाएर नवनियुक्त मन्त्रीलाई बधाई दिदै नेपाली टोली

त्यस्तै भिषा लागेर आउन नपाएका अन्तराष्ट्रिय विद्यार्थीलाई कुइन्सल्याण्डमा ल्याउनका लागि छलफल भइरहेको समेत मन्त्री इनोचले जानकारी दिनुभयो ।
कार्यक्रममा सरकारसंग नेपाली समुदायको पहुच नपुगेको भन्दै सहभागी इश्वर कुइकेलले गुनासो राख्नुभएको थियो । उक्त गुनासोलाई सम्बोधन गर्दै मन्त्री इनोचले केही समयपछि नै नेपाली समुदायलाई संसद भवनमा रात्रीभोजका लागि निम्तो गर्ने बाचा गर्नुभयो । त्यहि समयमा थप सहयोग बारे छलफल गरिने मन्त्री इनोचको भनाई थियो ।
सन् २०१५ मा पहिलो पटक सांसद चुनिनु भएकी इनोच आदिवासी समुदायबाट कुइन्सल्याण्डको प्रतिनिधी सभामा पुग्ने पहिलो आदिवासी महिला समेत हुनुहुन्छ । सांसद चुनिएपछि त्यतिबेलाको सरकारमा समेत मन्त्री इनोचले साना व्यापार मन्त्री, आवास तथा सामुदायिक कार्य मन्त्री, विज्ञान तथा प्रविधीमन्त्री तथा वातावरणमन्त्रीको जिम्मेवारी पाउनुभएको थियो ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6