Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleअष्ट्रेलियाको बिग बास लिगको तयारीमा रहेका नेपाली क्रिकेटर सन्दीपमा कोरोना संक्रमित

अष्ट्रेलियाको बिग बास लिगको तयारीमा रहेका नेपाली क्रिकेटर सन्दीपमा कोरोना संक्रमित


काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने कोरोना संक्रमित बनेका छन् । उनले शनिबार बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् आफूमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

लामिछानेले गत बुधबारदेखि शरीर दुख्ने समस्या देखिएपनि अहिले स्वास्थ्यमा सुधार भइरहेको जानकारी गराएका छन् । सन्दीपले लेखेका छन्, ‘यदि सबै राम्रो हुँदै गए म फिल्डमा पुनः फर्किने छु । तपाईंहरु मलाई आशिर्वाद दिनुस् ।’अहिले उनी होम आइसोलेसनमा रहेका छन् ।

नेपाली राष्ट्रिय टिमका लेगस्पीनर सन्दीप लामिछानेले पछिल्लो पटक अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) को दशौँ संस्करण खेल्नका लागि होबार्ट हुरिकेन्समा अनुबन्धित भएका थिए । यसअघि मेलवर्न स्टार्सबाट लगातार दुई सिजन बिग बास लिग खेलेका सन्दिपको यो तेश्रो सहभागिता हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6