Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाको कला बजारमा उच्च रेकर्ड बनाएको पेन्टिङ, ५० लाख अमेरिकी डलरमा बिक्री

अष्ट्रेलियाको कला बजारमा उच्च रेकर्ड बनाएको पेन्टिङ, ५० लाख अमेरिकी डलरमा बिक्री


ब्रिजबेन, अष्ट्रेलिया । अष्ट्रेलियास्थित ब्रेट ह्वाइटलेको पेन्टिङ ५० लाख अमेरिकी डलरमा बिक्री भएको छ । अष्ट्रेलियाको आर्ट मार्केटमा ह्वाइटलेको पेन्टिङले ठूलो राशीमा बिक्रीको रेकर्ड बनाएको छ । ४५ लाखको सुरूवाती मुल्य राखेर लिलामी सुरू गरिएको पेन्टिङले ५ मिनेटमा नै अष्ट्रेलियाली मालिक पाएको थियो ।

अष्ट्रेलियाको सिड्नीका परिवारले ’हेनरीज आर्मचेयर’ नाम दिइएको उक्त पेन्टिङ ५ मिलियन अमेरिकी डलरमा खरिद गरेका खरिदकर्ताले पूरा पहिचान भने खुलाउन अनुमति नदिएको अष्ट्रेलियाका मिडियाहरूले उल्लेख गरेका छन् । बिक्री भएको पेन्टिङले अष्ट्रेलियाको कला क्षेत्रमा उच्च खरिद बिक्रिको नयाँ रेकर्ड बनाएको छ । बायर्स प्रिमियम चार्ज सहित समग्रमा ६.१३६ मिलियन अष्ट्रेलियन डलरमा बिक्री भएको उक्त पेन्टिङले अष्ट्रेलियाको सबैभन्दा महँगो पेन्टिङको रेकर्ड बनाएको हो । पेन्टिङको बिक्रीमा गत १० वर्षदेखि ५.४ मिलियन डलरको रेकर्ड कायम थियो । न्युसाउवेल्सको आर्ट ग्यालरीबाट नोलान्स फर्स्ट९क्लास मार्कस्म्यानले सिड्नी अक्सन हाउसबाट ५.४ मिलियन डलरमा एउटा पेन्टिङ खरिद गरेका थिए । यहि नै अहिलेसम्मको उच्च रेकर्ड थियो ।

अष्ट्रेलियाको सबैभन्दा महँगो पेन्टिङ हेनरीज आर्मचेयर २ मिटर उचाइ तथा ३ मिटर लम्बाइको रहेको छ । सन् २०१८ मा मृत्यु भएका क्लाइभ इभाटकी बिधुवा श्रीमती एलिजावेथ इभाटले बिक्रीका लागि राखेकी थिइन् । लिलामी भन्दा पहिला कुनै सार्वजनकि संस्थाले उक्त पेन्टिङ खरिद गर्ने आशामा रहेको एलिजावेथले लिलामी बिक्री हुँदा आँफु दुखी भएको उल्लेख गर्नुभएको छ । सन् १९७५ मा क्लाइभ इभाटले ब्रेट ह्वाइटलेबाट प्रत्यक्ष रूपमा उक्त पेन्टिङ खरिद गरेका थिए । उक्त पेन्टिङ न्युसाउथवेल्सको ब्रेट ह्वाइटलेको स्टुडियो लगायत अन्य स्थानमा पनि प्रदर्शनका लागि राखिएको पाइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6