Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकाठमाडौंसहित देशव्यापी बन्दै राजतन्त्र पुनर्वहालीको आन्दोलन

काठमाडौंसहित देशव्यापी बन्दै राजतन्त्र पुनर्वहालीको आन्दोलन


काठमाडौं । राजतन्त्र पुनर्वहालीको माग गर्दै देशका विभिन्न शहरमा हुँदै आएको राजावादीहरुको प्रदर्शन काठमाडौंमा समेत बाक्लिन थालेको छ । काठमाडौँको माइतीघरबाट शुरु भएको प्रदर्शन नयाँ बानेश्वरसम्म पुगेर कोणसभामा परिणत भएको हो ।

आयोजक राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७ ले जनाएहरुसार अहिले यो आन्दोलन स्वस्फूर्त रुपमा देशव्यापी बनेको छ । प्रदर्शनकारीले हातमा राष्ट्रिय झण्डा सहित राजा आऊ, देश बचाऊ लगायतका नारा लगाएका छन् । राजावादीहरुले पोखरा, बुटवल, भैरहवा, बीरगंज, जनकपुर, इटहरी, बिराटनगर, हेटौँडासहित देशका विभिन्न शहरहरुमा प्रदर्शन गरिरहेका छन् । सुरुमा स्वतन्त्र रुपमा स्वस्फूर्त रुपमा सुरु भएको यो प्रदर्शनलाई बृहत बनाउने उद्देश्यसहित पछिल्लो समय राप्रपाका नेता कार्यकर्ता समेत मिसिएका छन् ।

राजावादीको आन्दोलनमा प्रशासन समेत लचिलो
कोरोना महामारीकाबीच भिडभाड गर्न खोजिएको भन्दै धर्ना तथा जुलुस रोक्न गृह प्रशासनले सबै प्रशासन कार्यालयललाई निर्देशन दिए पनि शान्तिपूर्ण प्रदर्शनमा भने हस्तक्षेप नगर्ने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शनिबार हिन्दुराष्ट्रसहितको राजसंस्था पुनस्थापना र संघीयता खारेजीको माग गर्दै देशव्यापी प्रदर्शन गर्ने घोषणा गरेसँगै सरकारले प्रदर्शनमाथी निगरानी राखेर बल प्रयोग नगर्न निर्देशन दिएको बुझिएको छ ।

यसअघि तनहुमा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलमाथी सुरक्षाकर्मीबाट बल प्रयोग भएको घटनाले सरकारमाथी आलोचना र दबाब बढेसँगै शनिबार प्रदर्शनमा बल प्रयोग गरे सरकार थप आलोचित हुने विश्लेषणका आधारमा गृह मन्त्रालयले राजावादीहरुको प्रदर्शनमा निगरानी मात्र बढाउन निर्देशन दिएको सुरक्षा स्रोतको दाबी छ । जिल्ला प्रशासन कार्यालयले काठमाडौँले लोकतन्त्रमा सभा, जुलुस गर्ने छुट भए पनि अहिलेको परिस्थितिमा महामारी झन् फैलने खतरा भएकाले त्यस्ता गतिविधि नगर्न आह्वान मात्रै गरेर राजनीतिक आस्थाका आन्दोलनलाई छुट दिने संकेत गरेको छ ।

यता, राप्रकाका नेता राजेन्द्र लिङ्देन लगायतले शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप भए कठोर आन्दोलन गर्ने चेतावनी दिदैआएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6