Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकाठमाडौंकी नम्रता श्रेष्ठ बनिन मिस नेपाल–२०२०

काठमाडौंकी नम्रता श्रेष्ठ बनिन मिस नेपाल–२०२०


काठमाडौं । मिस नेपाल–२०२० को उपाधि नम्रता श्रेष्ठले जितेकी छन् । हिडेन ट्रेजरले आयोजना गरेको प्रतियोगितामा २१ प्रतिस्पर्धीलाई उछिन्दै काठमाडौंकी २२ वर्षीया श्रेष्ठले ताज पहिरिएकी हुन् । कार्यक्रममा मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठले ताज पहिर्याएकी थिइन् । आयोजकले कल्पना गर्नुहोस्, ‘तपाईँ सानो ढुङ्गा हो, जो पोखरीमा ढुङ्गा खसेपछि सुन्दर तरङ्ग फैलाउँछ, तपाईँ नेपाली महिलाको जीवनमा लामो समयसम्म तरङ्ग फैलाउन चाहनहुन्छ ?’ भन्ने प्रश्नमा उनले नेपाली महिला सकारात्मक सोचका साथ अगाडि बढाउने हो भने संसार जित्न चाहन्छन् भन्ने जवाफ दिएकी थिइन् ।

मिस नेपाल श्रेष्ठले नगद दुई लाख ५० हजारसहित कार्यालय प्रयोजनका लागि गाडीसमेत पाएकी छन् । मिस नेपाल श्रेष्ठ चीनमा हुने मिस वल्ड प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुनेछिन् । यो बर्षको मिस नेपाल अर्थ काठमाडौंकी २४ वर्षीया सुप्रिया श्रेष्ठ, मिस नेपाल इन्टरनेशनल महोत्तरीकी २४ वर्षीया सन्ध्या शर्मा र मिस सुपरनेशनलको ताज काठमाडौंकी २४ वर्षीया सिमल कनौजियाले पहिरिएका छन् । यी तीनै जनाले नगद दुई लाख ५० हजार पाएका थिए । यस्तै प्रतियोगितामा मिस टुरिज्मको उपाधि रिया श्रेष्ठ, मिस फिटनेस सुभाङ्गी खत्री, मिस फोटोजेनेटिक आस्टिका श्रेष्ठ, मिस हेल्दी निहा सरकारलगायत ११ प्रकारका उपाधि प्रदान गरिएको छ । यी पुरस्कारको राशि समान २५ हजार रहेको छ ।

नेपालमा सन् १९९४ देखि मिस नेपाल प्रतियोगिता आयोजना हुँदै आएको छ । नेपालको पहिलो मिस नेपाल रुवी राणा भएकी थिइन्। पछिल्लो प्रतियोगिता २५औँ हो । सन् १९९४ देखि लगातार हुँदै आएको प्रतियोगिता सन् २००१, सन् २००६ र सन् २००८ मा विविध कारणले प्रभावित भएको थियो । हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले कोरोना भाइरसका कारणले प्रतियोगिता केही ढिला हुन गएको जानकारी थिए ।

तीन हप्ताको भर्चुअल तालीम र दुई हप्ताको भौतिक उपस्थितिमा प्रतियोगीलाई तालीम प्रदान गरिएको थियो । प्रतियोगितामा २५० जनाले आवेदन दिए पनि २१ जनालाई मात्र छनोट गरिएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6