Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalडोटी जीप दुर्घटना : ४ जनाको मृत्यु, ४ जना घाइते दिपायल अस्पतालमा

डोटी जीप दुर्घटना : ४ जनाको मृत्यु, ४ जना घाइते दिपायल अस्पतालमा


डोटी, काठमाडौं । डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भिरमा भएको जीप दुर्घटनामा परेर ४ जनाले ज्यान गुमाएका छन् । अन्य चार जना घाइते भएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार दुर्घटनामा बोगटान फुड्सिल गाउँपालिका–७ का वडा सचिव मञ्‍जु त्रिपाठी, उनकी सासु र तीन वर्षका छोराको ज्यान गएको हो । केआइसिंह गाउँपालिका–४ बस्ने अन्दाजी वर्ष ४० का हरिनारायण भट्टको समेत मृत्यु भएको छ । तीन वार्षका बालकको उपचारका लागि लैजाने क्रममा बाटोमा ज्यान गएको जनाइएको छ । दुर्घटनामा बोगटान फुड्सिल गाउँपालिका–६ का ३० वर्षका चालक कैलाश बम, कञ्चनपुरको भिमदत्तनगरपालिका–१९ बस्ने वर्ष २८ को हेमन्त भट्ट, बोगटान फुड्सिल गाउँपालिका–७ बस्ने अन्दाजी वर्ष ४० की खेमादेबी गिरी, त्यही ठाउँ बस्ने वर्ष अन्दाजी २६ को टिकाराम गिरी घाइते भएका छन् ।

घाइतेको दिपायल अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनकराज पाण्डेयका अनुसार दिपायलबाट चवराचौतारातर्फ जाँदै गरेको म १ च ५५० नम्बरको जीप गएराति एक बजेतिर दुर्घटनामा परेको हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6