Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेरी अर्को झड्का

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेरी अर्को झड्का


एजेन्सी,काठमाडौं । राष्ट्रपतीय चुनावमा पराजित भएर समेत हार स्वीकार गर्न तयार नभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेरी अर्को झड्का लागेको छ । टेक्सासका महान्यायाधीवक्ताले गएको नोभेम्बर ३ मा भएको राष्ट्रपति चुनावमा जो बाइडेन विजयी भएका जर्जिया, मिसिगन, पेनसिलभेनिया र विसकन्सिनको नतिजा अवैध भएको दाबी गर्दै सर्वोच्च अदालतमा यो हप्ता दायर गरेको मुद्दा अदालतले खारेज गरिदिएको हो ।

सर्वोच्च अदालतले उक्त माग दाबीसहितको मुद्दा खारेज गरेसँगै हार अस्वीकार गरिरहेका ट्रम्पलाई झड्का लागेको छ । मुद्दामा १९ राज्यका महान्यायाधीवक्ता र १२७ रिपब्लिकन सांसदहरुले समर्थन गरेका थिए । तर सर्वोच्च अदालतले टेक्सास राज्यसँग यस्तो मुद्दा ल्याउने कानूनी अधिकार नै नरहेको जनाएको छ । सर्वोच्च अदालतले फैसलामा भनेको छ, ‘अर्को वा अरु राज्यको चुनावका सम्बन्धमा मुद्दा ल्याउँने कानूनी आधार नै छैन ।’यसअघि गएको मंगलबार नै सर्वोच्च अदालतले ट्रम्पको चुनावी अभियान तथा रिपब्लिकनहरुले पेन्सिलभेनियामा बाइडेनको जितलाई आधिकारिकता प्रदान नगर्न माग गरी दायर गरेको मुद्दा खारेज भइसकेको छ ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनका लागि आवश्यक २७० इलेक्टोरल कलेज मतमध्ये बाइडेनले ३०६ इलेक्टोरल कलेज मत पाएका छन् । तर उनको मत परिणामलाई ट्रम्पले अस्वीकार गर्दै धाँदलीको आरोप लगाउँदै आएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6