Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएक वर्षभित्र कम्तिमा २३ हजार अन्तर्राष्ट्रिय विद्यार्थी भित्र्याउने भिक्टोरिया सरकारको तयारी

एक वर्षभित्र कम्तिमा २३ हजार अन्तर्राष्ट्रिय विद्यार्थी भित्र्याउने भिक्टोरिया सरकारको तयारी


ब्रिजबेन,अष्ट्रेलिया । भिक्टोरिया सरकारले २०२१ को सुरुवातबाट अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई स्वागत गर्नेगरी तयारी अघि बढाएको पाइएको छ । सरकारले आगामी जनवरीबाट कम्तिमा २३ हजार अन्तर्राष्ट्रिय विद्यार्थीलाई भिक्टोरियामा ल्याउने योजना सहित यसरी ल्याइने विद्यार्थीहरुले १४ दिने क्वारेन्टीन होटलको सट्टा युनिभर्सिटी वा कलेजले उपलब्ध गराउने आवासमा बस्न पाउने विकल्पसहितको तयारी थालेको हो ।

अन्तर्राष्ट्रिय यात्रीहरुका लागि क्वारेन्टीन अनिवार्य गरेपछि होटलको कोठाहरुको अभाव हुने भएका कारण र निश्चित व्यक्ति मात्र आउने अवस्थामा शिक्षा क्षेत्र र आवास प्रदायकहरुको समूहले नै व्यवस्थापन गर्नेगरी नयाँ योजना बनाएको हो । लेबर पार्टीको संघीय नेतृत्वले पनि अन्तर्राष्ट्रिय विद्यार्थीलाई ल्याउने कार्यमा ध्यान केन्द्रित गर्न आग्रह गर्दै आएको छ । लेबर पार्टीका नेताहरुले प्रधानमन्त्री स्कट मोरिसनलाई विदेशमा फसेका अष्ट्रेलियनहरुलाई फेब्रुअरीभित्र ल्याइसक्न अनुरोध गर्दै आएको छ । यसपछि अन्तर्राष्ट्रिय विद्यार्थीलाई अवसर दिनुपर्नेमा नेताहरुले जोड दिदै आएका छन् ।

भिक्टोरिया युनिभर्सिटीले गएको अक्टोबरमा गरेको एक सर्भेले सन् २०१९ को जुलाई महिनाको तुलनामा सन् २०२१ को जुलाई महिनामा अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या ५० प्रतिशतले कमी आउने देखाएको थियो । उक्त प्रतिवेदनमा अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई थप राहत दिन र सजिलो भिसा प्रक्रिया अवलम्बन गर्न सुझाब दिइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6