Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स’को फाइनल आज, नेपाली सेफ सन्तोष साहबाट उपाधी जित्ने दाबी

‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स’को फाइनल आज, नेपाली सेफ सन्तोष साहबाट उपाधी जित्ने दाबी


काठमाडौं । ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स’को फाइनलमा पुगेका सन्तोष साहलाईले आज फाइनलका लागि प्रतिस्पर्धा गर्दैछन् । उनलाई देश तथा विदेशमा रहेका नेपालीहरुले अग्रिम बधाई तथा शुभकामना दिएका छन् । स्थानीय समयअनुसार बेलुकी ९ बजे (नेपाली समयअनुसार राति पौने ३ बजे) बीबीसी वनमा फाइनल कार्यक्रम प्रसारण हुनेछ ।

साहले यो शोमा विशेष किसिमका नेपाली परिकारहरु बनाएर जजहरुको मन जित्दै आएका छन् । फाइनलमा पनि नेपाली परिकारहरु नै बनाएर निर्णायलकको मन जितेर उदाधी हात पार्ने उनको दाबी छ । फाइनलमा नेपाली सन्तोष साहसँगै एसेक्सका एलेक्स र मिडलसेक्सका विल बार्टले प्रतिस्पर्धा गर्दैछन् । उनीहरुलाई स्टार्टर, मेन डिस र डेसर्ट खाना तयार गर्नको लागि ३ घण्टा १५ मिनेटको समय दिइनेछ । उनीहरुले बनाएको खानाका परिकार जजहरुले चाखेपछि अन्तिम विजेताको घोषणा हुनेछ ।

यसैबीच साहको सफलताको कामना गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अग्रिम बधाई तथा शुभकामना दिएको छ । संघले आफ्नो आधिकारीक टुवीटर ह्याण्डल मार्फत विहिवार नैरियालिटी शोमार्फत नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाइरहेका ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स’ प्रतियोगिताको टप थ्री फाइनलिस्ट साहलाई सफलताको लागि शुभकामना दिएको थियो।

यस्तै अष्ट्रेलियका लागि पूर्व नेपाली राजदूत लक्की शेर्पाले समेत फाइनलमा पुगेकोमा साहलाई बधाई दिँदै बिजेता बन्नको लागि शुभकामना दिएकी छिन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6