Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसत्तारुढ दल नेकपाको अन्तरकलह, न फुट्न सजिलो न जुट्न

सत्तारुढ दल नेकपाको अन्तरकलह, न फुट्न सजिलो न जुट्न


पुण्यप्रसाद धमला, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रको आन्तरिक किचले थप बढ्दैगर्दा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली आफै विवाद समाधानको दौडधुपमा देखिएका छन् । बिहान पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका ओली त्यसपछि नेकपासचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापाको सरकारी निवास पुल्चोक पुगे । पुल्चोकस्थित मन्त्री क्वाटरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ र स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग समेत छलफल गरे । सबै छलफल पार्टीको आन्तरिक गतिविधिकै विषयमा केन्द्रित भएको बताइएको छ ।

पार्टीमा विवाद बढिरहेको बेला प्रधानमन्त्रीको पछिल्लो भेटघाट र दैडधुपलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यसरी राजनीतिक भेट बाक्लिदाँ राजनीतिक वृत्तमा प्रधानमन्त्रीले ठूलै निर्णय लिनसक्ने अनुमान गरिएको छ । यद्यपि केही राजनीतिक जानकार तथा विश्लेषकहरु भने नेकपा विवाद पुनः केही समय मथ्थर हुने विश्वास गरिरहेका छन् । पार्टी विवाद उत्कर्षमा पुगेका बेला खुमलटारमा भएको नेताहरूको भेटवार्ताले निकास दिने अपेक्षा गरिएको छ । दाहाल–नेपाल समूहले भेला तीब्र पारेपछि निकटस्थहरूले समेत ओलीलाई मिलेर जान दबाब दिइरहेका बेला खुमलटार पुगेका ओलीले आफूविरोधी ‘आरोपपत्र’ फिर्ता लिन प्रचण्डलाई आग्रह गरेका थिए । यता, प्रचण्डले जवाफमा विवादास्पद अध्यादेश फिर्ता लिन गरिएको सहमति कार्यान्वयन हुनुपर्ने र विगतमा भएका सहमति कार्यान्वयमा आउनुपर्ने अडान अघि सारेको पाइएको छ । दुई अध्यक्षबीचको भेटकै क्रममा उपाध्यक्ष वामदेव गौतम समेत खुमलटार पुगेका थिए । खुमलटारमा तीन नेताबीच झण्डै २ घण्टा छलफल भएको छ ।

अध्यादेश फिर्ता लिन भएको सहमति कार्यान्वयन नगरेपछि दाहाल–नेपाल समूह ओलीविरूद्ध कठोर कदम चाल्ने रणनीतिमा लागेको देखिन्छ । दाहाल–नेपाल समूहले शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा भेला तथा प्रशिक्षणसमेत गरेर संबैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता नलिए कडा कदम चाल्ने चेतावनी दिएपछि ओली अझ बढी दबाबमा परेको कतिपयको आँकलन छ । शुक्रबार पूर्व माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा भएको भेलालाई सम्बोधन गर्दै प्रचण्डले ओलीले आफूलाई पटक–पटक झुक्याएको र ‘रबर स्ट्याम्प’ बनाएको भन्दै गुनासो गरेका थिए । ओलीले आफ्ना कुरा सुन्दै नसुनेको गुनासो आफू निकट नेताहरुसँग गरेको भोलिपल्ट अर्थात शनिबार प्रधानमन्त्री एवं अध्यक्ष ओली प्रचण्डलाई भेट्न खुमलटार पुगे ।

हुन त, पहिला ओलीले प्रचण्डलाई बालुबाटार छलफल गर्न आउनु भन्दै बोलाएको र किन बालुवाटार आउने भन्दै प्रचण्डले जवाफ फर्काएपछि आफूप्रति प्रचण्ड चिडिएको थाहा पाएर ओली खुमलटार पुगेको आँकलन गरिएको छ । नेकपाकै कतिपय नेताहरु त ओलीले पार्टी निर्णय नमानेर एकलकाटे गतिबिधि अघि बढाइरहेका कारण आलोचना तिब्र भएपछि आफू पार्टी बिवाद मिलाउन क्रियाशिल भएको प्रचण्ड–नेकपालकै कारण समस्या रहेको देखाउन दौडधुपमा निश्किएको आरोप लगाइरहेका छन् । केही नेताहरु भने २०७४ मा प्रचण्डलाई भेट्न उनको निवास पुगेका ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक खुमलटार पुगेको र यसले बिवाद मिलाउन भूमिका खेल्ने बताइरहेका छन् । अध्यक्ष ओलीसँगका गुनासाका बारेमा छलफल भएपछि दुबै अध्यक्ष विवाद मिलाएर अघि बढ्ने कतिपयको आँकलन छ ।‘बेग्ला बेग्लै भेला र फरकफरक ‘ब्रिफिङ’ले दुवैबीच बढेको दूरी पनि अब कम हुन्छ । हामी आशावादी छौँ नेकपाको विवाद चाँडै साम्य हुन्छ । र सरकारले जन अपेक्षा अनुसार काम अघि बढाउँछ ।’ नेकपाका एक नेताले भने ।

नेकपाको विवाद उत्कर्षमा पुगेका बेला खुमलटार पुगेर पनि ओलीले आफ्नो पुरानै अडान दोहोर्याएका छन भने प्रचण्डले पनि उस्तै जवाफ फर्काएका छन् । कार्यकारी अध्यक्ष प्रचण्ड आरोप पत्रका रुपमा आएको प्रतिवेदन फिर्ता नलिने अडानमा अनि सोही पत्रको जवाफ उस्तै आरोप पत्र मार्फत दिएका प्रधानमन्त्री एवं अध्यक्ष ओली फिर्ता लिनुपर्ने माग गरेर मनलाग्दी निर्णय गरिरहने यसले नेकपाको बिवाद घट्ने होइन बढ्ने देखिएको छ । स्थायी कमिटी बैठकले फिर्ता लिने निर्णय गरिसक्दा समेत प्रधानमन्त्री ओलीले बिवादास्पद अध्यादेश फिर्ता लिन ढिलाइ गर्दा प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सशंकित देखिएका छन् । बहुमत सांसदको हस्ताक्षरको दबाब, कडा कदम चाल्ने चेतावनीसहित प्रचण्ड–नेपाल समूहले तिब्रता दिएको गुटगत भेलाबाट अल्पमतसहित दबाबमा परेका ओली अब सच्चिने कतिपयको आँकलन छ ।

यद्यपी पार्टी निर्णय पनि मान्दिन, सक्ने भए कारबाही गरेर देखाउन भन्दै चुनौती दिनै आएका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली साच्चै सचिन्नछन वा नेकपामा दुई कित्तामा बिभाजित भएको गुटले औपचारिक फुटको घोषणा पाउँछ ? यसका लागि भने नेकपाका नेताहरुको आगामी कदम पर्खनुपर्ने हुन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6