Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsविभिन्न क्षेत्रका ५४ जना प्रबुद्ध नागरिकको आह्वान, प्रतिगमनविरुद्ध सशक्त प्रतिरोध गरौँ

विभिन्न क्षेत्रका ५४ जना प्रबुद्ध नागरिकको आह्वान, प्रतिगमनविरुद्ध सशक्त प्रतिरोध गरौँ


काठमाडौं । विभिन्न क्षेत्रका ५४ जना प्रबुद्ध नागरिकहरुले संसद विघटनको कदमलाई प्रतिगामी र गैरसंवैधानिक भएको ठहर गर्दै सशक्त प्रतिरोधमा उत्रन आमजनतालाई आह्वान गरेका छन् । प्रबुद्ध नागरिकको भेलाले ‘वृहत् नागरिक आन्दोलन’ नामाकरण गर्दै लोकतन्त्र, नागरिक अधिकार, सामाजिक न्याय, समानतामा विश्वास गर्ने सबै तह, तप्का तथा समुदायका नागरिकलाई संघर्षका लागि हातेमालोको आह्वान गरेको हो ।

भेलाका संयोजनकर्ता एवं लेखक युग पाठकले कोरोना महामारीविरुद्ध एकजुट हुनुपर्ने बेला प्रधानमन्त्री ओलीले चालेको गैरसंवैधानिक कदम भत्सर्ना योग्य मात्र नभई अमानवीय भएको बताए । बुधबार एक विज्ञप्ति जारी गर्दै प्रबुद्ध नागरिकहरुको समूहले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलीभगतमा गरिएको संसद विघटनको भर्त्सना गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘यो गैरसंवैधानिक र जनविरोधी ‘कू’ले प्रतिगमनतर्फको यात्रालाई ताजा र क्रुर मोड दिएको छ । जनताको बलिदानीबाट स्थापित गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता जस्ता राजनीतिक उपलब्धीहरुमाथिको प्रहारलाई निरन्तरता दिँदै चालिएको यो प्रतिगामी कदमको सशक्त प्रतिवाद नगरे जनताले प्राप्त गरेको सीमित उपलब्धी पनि गुम्ने खतरा टड्कारो देखिएको छ । त्यसैले कोर्स करेक्सन गर्दै यो प्रतिगामी कदम तुरुन्त बदर गर्न हामी जोडदार माग पनि गर्दछौं ।’

समग्र नेपाली जनताको हित र अधिकारको रक्षाको निम्ति, प्रतिगामी संवैधानिक ‘कू’ विरुद्ध सशक्त प्रतिवाद गर्नु सबै सचेत न्यायप्रेमी नागरिक, कवि, लेखक, पत्रकार, पेशाकर्मी, बौद्धिक लगायतको कर्तव्य भएको भन्दै उनीहरुले सशक्त प्रतिरोधमा उत्रन सबैसँग आग्रह समेत गरेका छन् । दलहरुलाई जनताप्रति जिम्मेवार भएको प्रतिबद्धता जाहेर गर्दै प्रतिगमनको कडा प्रतिवादमा उत्रन पनि आह्वान गरिएको छ ।

 विज्ञप्ति :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6