Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकामचलाउ प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद पुनर्गठन, पूर्वमाओवादी नेता प्राथमिकतामा

कामचलाउ प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद पुनर्गठन, पूर्वमाओवादी नेता प्राथमिकतामा


काठमाडौं । संसद विघटन गरेर सत्तारुढ दल नेकपालाई समेत टुक्राउन भूमिका खेलेका काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पुराना मन्त्रीको जिम्मेवारी हेरफेरसहित नयाँ मन्त्रीको शपथ ग्रहण गराएका हुन् ।

पुनर्गठित मन्त्रिपरिषदमा टोपबहादुर रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भएका छन्। मणि थापा खानेपानी तथा सरसफाइ, प्रभु साह सहरी विकास र प्रेम आले वन तथा वातावरणमन्त्री भएका छन् । यस्तै, गणेश ठगुन्नालाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र गौरीशंकर चौधरीलाई श्रम तथा रोजगारमन्त्री, दावा लामालाई युवा तथा खेलकुदमन्त्री, जुलीकुमारी महतो महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री र विमला विश्वकर्मा उद्योग राज्यमन्त्री बनाइएको छ । प्रचण्ड निकट नेता रायमाझी, थापा, चौधरी, शाह र तामाङले केपी ओली नेतृत्वको सरकारमा मन्त्री पद पाएका हुन् । त्यस्तै, विकले राज्यमन्त्री पाएकी छन् ।

प्रधानमन्त्री ओलीले पुराना मन्त्रीहरुको जिम्मेवारीमासमेत हेरफेर गरेका छन्। जसअनुसार कृष्णगोपाल श्रेष्ठले शिक्षा, विज्ञान तथा प्रविधि, पद्मा अर्यालले कृषि तथा पशुपक्षी विकास, शिवमाया तुम्बाहाङफेले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भानुभक्त ढकालले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय तथा लिलानाथ श्रेष्ठले कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीको जिम्मेवारी पाएका छन्। प्रधानमन्त्री ओलीले खेलकुद मन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडको जिम्मेवारी खोसेका छन् । दुईजना मन्त्री हटाइएको मन्त्रिमण्डलमा ८ नयाँ मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका छन् ।

प्रतिनिधिसभा विघटनपछि प्रतिगमनको मतियार बन्न नसक्ने भन्दै प्रचण्ड–नेपाल पक्षका मन्त्रीहरु पर्यटनमन्त्री योगेश भट्टराई, कृषिमन्त्री घनश्याम भुसाल, उर्जामन्त्री बर्षमान पुन, शिक्षामन्त्री गिरिराजमणी पोखरेल, वनमन्त्री शक्ति बस्नेत, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानीमन्त्री विना मगरले सामुहिक राजीनामा दिएका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6