Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोरोनाको नयाँ प्रकोप, विदेशी नागरिकलाई जापान प्रवेशमा रोक

कोरोनाको नयाँ प्रकोप, विदेशी नागरिकलाई जापान प्रवेशमा रोक


फुकोउका। नेपाललगायतका मुलुकहरुबाट जापान आउने विदेशी नागरिकहरुमाथी प्रतिबन्ध लगाइएको छ । जापानमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार (भेरियन्ट) भेटिएसँगै सोमबारबाट लागू हुने गरी विदेशी नागरिकलाई मुलुक प्रवेशमा प्रतिबन्ध लगाइएको हो ।

जापानको विदेशमन्त्रालयले अहिले लगाइएको प्रतिबन्ध विश्वका अधिकांश मुलुकहरुमा लागू हुने जनाइको छ । यो प्रतिबन्ध जनवरीको अन्तिमसम्म कायम रहने र जोखिमका अवस्था हेरेर थप कदम चाल्ने बताइएको छ । जापानी नागरिक तथा जपानमा बसोबास गर्ने विदेशीहरुको हकमा भने यो प्रतिबन्ध लागू नहुने जनाइएको छ । उनीहरु जापान आउँदा १४ दिन सेल्फ क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरिएको छ । शनिबार जापानको टोकियोमा कोरोनाको नयाँ भेरियन्टका दुई संक्रमित पहिचान भएका थिए । उनीहरु बेलायत भ्रमणबाट फर्किएका नागरिक हुन् । यसअघि शुक्रबार पनि बेलायतबाट आएका पाँच जनामा नयाँ भेरियन्टको संक्रमण देखिएको थियो ।

कोरोनाको नयाँ भेरियन्ट सबैभन्दा पहिला बेलायतमा देखिएको थियो । बेलायतमा कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै विश्वका ४० भन्दा धेरै मुलुकहरुले बेलायतमाथि प्रतिबन्ध लगाइसकेका छन् । यो नयाँ प्रजातिको संक्रमण बेलायतहुँदै फ्रान्स, स्पेन, स्वीडेन, स्विजरल्याण्ड, क्यानडा लगायतका देशमा विस्तार भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6