Saturday, 24 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Breaking News ∕ कोरोनाको नयाँ प्रकोप, विदेशी नागरिकलाई जापान प्रवेशमा रोक

कोरोनाको नयाँ प्रकोप, विदेशी नागरिकलाई जापान प्रवेशमा रोक


फुकोउका। नेपाललगायतका मुलुकहरुबाट जापान आउने विदेशी नागरिकहरुमाथी प्रतिबन्ध लगाइएको छ । जापानमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार (भेरियन्ट) भेटिएसँगै सोमबारबाट लागू हुने गरी विदेशी नागरिकलाई मुलुक प्रवेशमा प्रतिबन्ध लगाइएको हो ।

जापानको विदेशमन्त्रालयले अहिले लगाइएको प्रतिबन्ध विश्वका अधिकांश मुलुकहरुमा लागू हुने जनाइको छ । यो प्रतिबन्ध जनवरीको अन्तिमसम्म कायम रहने र जोखिमका अवस्था हेरेर थप कदम चाल्ने बताइएको छ । जापानी नागरिक तथा जपानमा बसोबास गर्ने विदेशीहरुको हकमा भने यो प्रतिबन्ध लागू नहुने जनाइएको छ । उनीहरु जापान आउँदा १४ दिन सेल्फ क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरिएको छ । शनिबार जापानको टोकियोमा कोरोनाको नयाँ भेरियन्टका दुई संक्रमित पहिचान भएका थिए । उनीहरु बेलायत भ्रमणबाट फर्किएका नागरिक हुन् । यसअघि शुक्रबार पनि बेलायतबाट आएका पाँच जनामा नयाँ भेरियन्टको संक्रमण देखिएको थियो ।

कोरोनाको नयाँ भेरियन्ट सबैभन्दा पहिला बेलायतमा देखिएको थियो । बेलायतमा कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै विश्वका ४० भन्दा धेरै मुलुकहरुले बेलायतमाथि प्रतिबन्ध लगाइसकेका छन् । यो नयाँ प्रजातिको संक्रमण बेलायतहुँदै फ्रान्स, स्पेन, स्वीडेन, स्विजरल्याण्ड, क्यानडा लगायतका देशमा विस्तार भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-24' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6