Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबाइडेनको जितलाई अन्तिम औपचारिकता, जनवरी २० मा सपथ

बाइडेनको जितलाई अन्तिम औपचारिकता, जनवरी २० मा सपथ


एजेन्सी । अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनसँगै उपराष्ट्रपतिमा कमला ह्यारिसको जितले अन्तिम औपचारिकता पाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पका हतियार युक्त समर्थकले संसद भवनमा गरेको आक्रमण र अवरोधका कारण केही घण्टा रोकिएर सुरु भएको सदनको संयुक्त शत्रले बाइडेनको जितलाई अन्तिम औपचारिकता दिएको हो ।

एरिजोना तथा पेनसिलभेनियाको इलेक्टोरल मत अवरोध गर्नका लागि रिपब्लिकन सिनेटर तथा तल्लो सदनका सदस्यहरुले गरेको प्रयास बहुमतले अस्वीकार गरेसँगै बाइडेनको जितले औपचारिकता पाएको छ । सबै ५० राज्यबाट आएका इलेक्टोलर कलेज मतलाई तल्लो र माथिल्लो सदनको संयुक्त सत्रले प्रमाणिकरण गरेको छ।अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्टोरल कलेज मत चाहिन्छ । बाइडेनले गएको नोभेम्बर ३ मा भएको चुनावमा ट्रम्पलाई ३०६–२३२ इलेक्टोरल कलेज मतले पराजित गरेका छन् । सदनले इलेक्टोरल कलेज मत गणना गरि त्यसलाई प्रमाणिकरण गरेसँगै बाइडेनले जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिने निश्चित जस्तै भएको छ। यसअघि राज्यका सदनले प्रमाणिकरण गरेको इलेक्टोरल कलेजको मत सदनमा पठाइएको थियो ।

ट्रम्पले बिना प्रमाण चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै हार स्वीकार गरेका थिएनन् । नतिजा उल्ट्याउनका लागि गरेका कानूनी तथा ‘हिंसात्मक’ प्रयास विफल भएपनि राष्ट्रपति डोनाल्ड ट्रम्पले वक्तव्य जारी गरेर जनवरी २० मा सत्ताको सहज हस्तान्तरण गर्ने उल्लेख गरेका छन् । हार स्वीकार गरेपनि चुनावको नतिजामा आफ्नो विमत्ति रहेको अडान भने ट्रम्पले दोहोर्याएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6