Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaलक डाउनको पहिलो दिन ब्रिजवेनमा कोरोना संक्रमण शुन्य

लक डाउनको पहिलो दिन ब्रिजवेनमा कोरोना संक्रमण शुन्य


ब्रिजवेन
पछिल्लो २४ घण्टामा कुइन्सल्याण्ड राज्यमा एक जनालाई पनि कोरोना संक्रमण देखिएको छैन । कुइन्सल्याण्डकी प्रिमियर एनेस्थेसिया प्यालासेले सुखद समाचार भन्दै सबैलाई बधाई दिनुभयो । तीन दिने लक डाउनको पहिलो दिन कुनै पनि नया संक्रमित नभेटिनु सुखद हो । पछिल्लो २४ घण्टामा साढे १४ हजार मानिसमा कोरोना परिक्षण गरिएको थियो ।

क्वारेन्टिन होटलमा काम गर्ने एक मजदुरमा बेलायती प्रजातिको कोरोना भाइरस संक्रमण देखिएपछि कुइन्सल्याण्ड सरकारले ब्रिजवेनभर ३ दिने लक डाउनको घोषणा गरेको छ । दक्षिण ब्रिजवेनमा बस्ने ती कामदारलाई गत जनवरी २ तारिख देखि नै कोरोना संक्रमण भएको अनुमान गरिएको छ । तर, ५ दिनपछि मात्रै लक्षण देखिएपछि हिजो कोरोना परिक्षण गर्दा संक्रमण देखिएको हो । लक्षण देखिनुअघि ५ दिनसम्म ती कामदार दक्षिण ब्रिजेवनमा विभिन्न स्थानमा गएर किनमेल गरेका, रेल चढेको तथा हिडडुल गरेको भेटिएको छ । तीनै कामदारमार्फतमा समुदायमा कोरोना भाइरस फैलिएको हनुसक्ने अनुमानका आधारमा स्थानिय सरकारले ती भेगका स्थानियमा कोरोना परिक्षण तिब्र बनाएको छ । थप जोखिम कम गर्न जनवरी ८ तारिख शुक्रबार साझ ६ बजेदेखि ११ तारिख सोमबार बेलुकी ६ बजेसम्म ब्रिजवेनभर लक डाउनको घोषणा गरेको हो । गे्रटर ब्रिजवेनको ब्रिजवेन, लोगान, इप्सविच, मोरेटन र रेडल्याण्ड क्षेत्रमा लकडाउन । यस क्षेत्रका बासिन्दालाई लक डाउन अवधीभर घरमै बस्न निर्देशन दिइएको छ ।

Source- QLD Government

अत्यावश्यक सेवा, स्वास्थ्य सेवा, अत्यावश्यक खाद्यँन्न किनमेल र नजिकै शाररिक व्यायम गर्न बाहेक अन्य बेलामा घरबाट बाहिर निस्कन मनाहि गरिएको हो ।
बाहिर निस्कनेले अनिवार्य रुपमा माक्स लगाउन निर्देशन गरिएको छ । यो नियम १२ वर्ष मुनीका केटाकेटीमा भने लागु हुनेछैन ।

भिक्टोरियाबाट आएको यात्रुबारे चिन्ता

जनवरी ५ तारिखमा भिक्टोरियाबाट ब्रिजवेन आएकी एक यात्रुमा पनि बेलायतीमा भेटिएको तिब्रगतिमा फैलनसक्ने कोरोना पुष्टी भएपछि चिन्ता थपिएको कुइन्सल्याण्डी स्वास्थ्य प्रमुख जेनेट यो¨ले बताउनुभयो ।
डिसेम्बर २६ तारिखमा बेलायतबाट मेलवर्न आएकी ती यात्रु १४ दिन होटल क्वारेन्टिनमा बसेकी थिईने । कुइन्सल्याण्ड आएपछि पुन कोरोना परिक्षण गर्दा गत शुक्रबार ती महिलामा कोरोना देखिएको हो । हाल सनसाइनकाष्टमा घरमै आइसोलेसनमा बसिरहेकी ती युवतीबाट समुदायमा कोरोना फैलनसक्ने जोखिम निकै न्युन रहेको स्वास्थ्य प्रमुख यो¨ले जानकारी दिनुभयो ।


ट्याग : #corona in australia, #qld, #queensland lockdown
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6