Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअष्ट्रेलियाका दुई कोभिड–१९ विरुद्धका खोपको नेपालमा तेश्रो चरणको ट्रायल गरिदै

अष्ट्रेलियाका दुई कोभिड–१९ विरुद्धका खोपको नेपालमा तेश्रो चरणको ट्रायल गरिदै


काठमाडौं । नेपालमा क्लोभर बायोफार्मास्युटिकल्स अष्ट्रेलिया तथा भ्याक्जाइन पीटीवाई लिमिटेड, अस्ट्रेलियाले उत्पादन गरेका कोभिड–१९ विरुद्धका खुईवटा खोपको तेस्रो चरणको ट्रायलको तयारी थालिएको छ । चिनियाँ कम्पनी सिचुवान क्लोभर बायोफार्मास्युटिकल्सको भगिनी कम्पनी क्लोभर बायोफार्मास्युटिकल्स अष्ट्रेलियाले उत्पादन गरेको खोपको अनुसन्धानका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले ‘इथिकल अपरुभल’ (नैतिक स्वीकृति) दिएको पाइएको हो । यस्तै भ्याक्जाइनले उत्पादन गरेको ‘कोभ्याक्स–१९’ खोपको ट्रायलका लागि पनि प्रक्रिया अघि बढाइएको पाइएको छ ।

नेपालमा ट्रायल गर्नका लागि प्रक्रिया अगाडि बढाइएका दुई खोपमध्ये क्लोभरको खोप कोभ्याक्स अन्तर्गतको पर्छ । कोभ्याक्स विश्व स्वास्थ्य संगठनले युरोपियन कमिसन र फ्रान्सको सहकार्यमा स्थापना गरेको विश्वका गरिब मुलुकहरुमा खोपलगायत कोभिड–१९ नियन्त्रणका लागि आवश्यक सामाग्री तथा प्रविधिको पहुँच पु¥याउने कार्यक्रम हो । यसको ट्रायल काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल तथा धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय अन्तर्गतको धुलिखेल अस्पतालमा हुने बताइएको छ । यसका लागि दक्षिण कोरियास्थित इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट (आईभीआई)ले सहयोग उपलब्ध गराउनेछ । यस्तै, अष्ट्रेलियन खोप ‘कोभ्याक्स–१९’ भने एनएचआरसीकै नेतृत्वमा ट्रायल गर्न लागिएको जनाइएको छ । यसको सम्पूर्ण आर्थिक भार कम्पनी स्वयंले व्यहोर्नेछ । एनएचआरसीका कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले यसको तयारी भने प्रारम्भिक चरणमा रहेको जानकारी दिनुभयो । परिषदको इथिकल रिभ्यू बोर्डले क्लोभर बायोफार्मास्युटिकल्सलले प्रस्तुत गरेको खोपको ट्रायललाई स्वीकृति प्रदान गरिसके पनि अस्ट्रेलियन खोपको ट्रायल गर्ने बारेमा प्रशासनिक र प्राविधिक काम भइरहेका डा. ज्ञवालीले बताउनुभयो । क्लोभरको खोपको सम्बन्धमा भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले अन्तिम निर्णय गरेर मन्त्रिपरिषद बैठकमा प्रस्ताव लैजानुपर्नेछ । परिषदकै नेतृत्वमा गर्ने भनेको ट्रायलका लागि मन्त्रालयमा अझै छलफल भइरहेको बताइएको छ ।

शिक्षण अस्पतालमा हुने ट्रायलको नेतृत्व गरिरहेकी त्रिभुवन विश्वविद्यालयको इन्स्टिच्युट अफ मेडिसिन (आईओएम) की डिनसमेत रहेकी मिर्गौला रोग विशेषज्ञ डा. दिव्य सिंह शाहले आईभीआईको सहयोगमा हुन लागेको ट्रायल १८ सय जनामा गरिने जानकारी दिनुभयो । यो भ्याक्सिनको विश्वभर कुल ३४ हजार ट्रायल हुँदैछ । एनएचआरसीले स्वीकृति दिइसकेको यो ट्रायलका लागि अब मन्त्रिपरिषदको स्वीकृति बाँकी छ । नेपालमा हुने ट्रायलमध्ये पहिलो चरणमा शिक्षण अस्पतालबाट १२ सय जनालाई र धुलिखेल अस्पतलामा ६ सय जनालाई खोप दिने तयारी भएको बताइएको छ । दुवै केन्द्रहरुमा पूर्वाधार तयारको काम थालिएको छ । यस्तै धुलिखेल अस्पतालमा हुने अनुसन्धानको नेतृत्व गरिरहनुभएका औषधि विशेषज्ञ डा. राजीव श्रेष्ठले पहिलो चरणमा नेपाललाई १८ सय जनामा परीक्षण गर्ने जिम्मा दिइएको भए पनि अनुसन्धान प्रक्रिया छिटो भए अन्यत्र हुने परीक्षणको संख्या पनि नेपालले प्राप्त गर्न सक्ने बताउनुभयो । डा. श्रेष्ठले तेस्रो चरणको ट्रायल खोपको प्रभावकारिता कति छ भनेर मूल्यांकन गर्नका लागि गरिने हुँदा सुरक्षित नै हुने बताउनुभयो ।

पहिलो र दोस्रो चरणको ट्रायलमा कति मात्रामा कसलाई खोप दिने भन्ने यकिन भइसकेपछि तेश्रो चरणमा प्रभावकारिता मूल्यांकन गर्ने गरिन्छ । नेपालमा आईभीआई अन्तर्गतकै टाइफाइडको खोपको पनि सफल ट्रायल गरिएकोले कोभिड–१९ को खोपको ट्रायलका लागि अवसर दिइएको आँकलन गरिएको छ । यद्यपि स्वास्थ्य मन्त्रालयस्थित उच्च स्रोतले भने शिक्षण अस्पताल र धुलिखेल अस्पतालमा गरिने भनेको खोपको ट्रायलमा संलग्न हुनेहरु करिब ३६ महिनासम्म निरन्तर सम्पर्कमा रहनुपर्ने भएकाले उक्त ट्रायललाई अहिले अगाडि नबढाउने पक्षमा इन्सिडेन्ट कमाण्ड सेन्टर (आईसीएस)मा छलफल भएको दाबी गर्दै आएको छ । क्लोभरले विकास गरेको खोपको ट्रायल विश्वको विभिन्न मुलुकमा गरी ३४ हजार जनामा हुने छ । नेपाल लगायत फिलिपिन्स, घाना र मोजाम्बिकलाई ट्रायल गर्नका लागि आवश्यक पूर्वाधार एवं तालिम उपलब्ध गराउन दक्षिण कोरियास्थित इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट (आईभीआई)ले सहयोग प्रदान गरेको छ । क्लोभरले विकास गरेको यो खोप प्रोटिनमा आधारित एस–ट्रिमर कोभिड–१९ खोप हो । यसलाई कोरोनाभाइरसकै ‘स्पाइक प्रोटिन’ प्रयोग गरेर विकास गरिएको दाबी गरिएको छ । प्रभावकारिता थप मजबुत बनाउनका लागि क्लोभरले बेलायती औषधि उत्पादक जीएसके र अमेरिकी कम्पनी डाइनाभ्याक्ससँग पनि सहकार्य गर्दैआएको छ ।

नेपालमा हुने ट्रायलमा भने क्लोभरको एएस ०३–ट्रिमर खोपलाई जीएसकेको एडजुभेन्ट प्रणालीसँग मिलाएर तयार पारिएको खोप प्रयोग हुने बताइएको छ । यता, भ्याक्जाइनले विकास गरेको खोप कोभ्याक्स–१९ मा पनि कोरोनाभाइरसकै ‘स्पाइक प्रोटिन एन्टिजेन’का साथै सोही कम्पनीले विकास गरेको ‘एड्भाक्स’ एड्जुभेन्टको प्रयोग गरिएको छ । यो खोप विकासका लागि अस्ट्रेलियन सरकारले आर्थिक सहायतासमेत प्रदान गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6