Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaआज साँझदेखि ब्रिजवनमा लक डाउन खुल्ने, मास्क अनिवार्य

आज साँझदेखि ब्रिजवनमा लक डाउन खुल्ने, मास्क अनिवार्य


ब्रिजवेन
पछिल्लो २४ घण्टामा कुइन्सल्याण्ड राज्यमा एक जनालाई पनि कोरोना संक्रमण देखिएको छैन । लगातार कोरोना शुन्य देखिएपछि यसअघि घोषणा भएको लकडाउन पुर्व निर्धारित समयमै खुल्ला हुने भएको छ ।
सोमबार कुइन्सल्याण्डकी प्रिमियर एनेस्थेसिया प्यालासेले सुखद समाचार भन्दै लक डाउन खुल्ला भएको घोषणा गर्नुभयो । तीन दिने लक डाउनको पहिलो, दोस्रो र तेस्रो दिन कुनै पनि नया संक्रमित नभेटिएको हो । लकडाउनको तेस्रो दिन झण्डै २० हजार जनामा परिक्षण गरिएको थियो ।
लक डाउन खुल्ला भएपनि आगामी १० दिनसम्म सार्वजनिक स्थानमा मास्क अनिवार्य गरिएको छ । तर, निजी कारमा भने मास्क लगाउन पर्दैन ।सिपङ सेन्टर, सुपरमार्केट, सिनेमा, रंगशाला तथा सार्वजनिक साधानमा मास्क अनिवार्य गरिएको छ । लक डाउन खुल्ला भएपनि थप १४ दिन संवेदशिल भएकाले सुक्ष्म निगरानी राखिने अधिकारीहरुले जनाएका छन् । होटलमा काम गर्ने एक मजदुरमा बेलायती प्रजातिको कोरोना भाइरस संक्रमण देखिएपछि कुइन्सल्याण्ड सरकारले ब्रिजवेनभर ३ दिने लक डाउनको घोषणा गरेको हो । दक्षिण ब्रिजवेनमा बस्ने ती कामदारलाई गत जनवरी २ तारिख देखि नै कोरोना संक्रमण भएको अनुमान गरिएको छ । तर, ५ दिनपछि मात्रै लक्षण देखिएपछि हिजो कोरोना परिक्षण गर्दा संक्रमण देखिएको हो । लक्षण देखिनुअघि ५ दिनसम्म ती कामदार दक्षिण ब्रिजेवनमा विभिन्न स्थानमा गएर किनमेल गरेका, रेल चढेको तथा हिडडुल गरेको भेटिएको छ । तीनै कामदारमार्फतमा समुदायमा कोरोना भाइरस फैलिएको हनुसक्ने अनुमानका आधारमा स्थानिय सरकारले ती भेगका स्थानियमा कोरोना परिक्षण तिब्र बनाएको छ । थप जोखिम कम गर्न जनवरी ८ तारिख शुक्रबार साझ ६ बजेदेखि ११ तारिख सोमबार बेलुकी ६ बजेसम्म ब्रिजवेनभर लक डाउनको घोषणा गरेको हो । गे्रटर ब्रिजवेनको ब्रिजवेन, लोगान, इप्सविच, मोरेटन र रेडल्याण्ड क्षेत्रमा लकडाउन । यस क्षेत्रका बासिन्दालाई लक डाउन अवधीभर घरमै बस्न निर्देशन दिइएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6