Saturday, 24 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Australia ∕ आज साँझदेखि ब्रिजवनमा लक डाउन खुल्ने, मास्क अनिवार्य

आज साँझदेखि ब्रिजवनमा लक डाउन खुल्ने, मास्क अनिवार्य


ब्रिजवेन
पछिल्लो २४ घण्टामा कुइन्सल्याण्ड राज्यमा एक जनालाई पनि कोरोना संक्रमण देखिएको छैन । लगातार कोरोना शुन्य देखिएपछि यसअघि घोषणा भएको लकडाउन पुर्व निर्धारित समयमै खुल्ला हुने भएको छ ।
सोमबार कुइन्सल्याण्डकी प्रिमियर एनेस्थेसिया प्यालासेले सुखद समाचार भन्दै लक डाउन खुल्ला भएको घोषणा गर्नुभयो । तीन दिने लक डाउनको पहिलो, दोस्रो र तेस्रो दिन कुनै पनि नया संक्रमित नभेटिएको हो । लकडाउनको तेस्रो दिन झण्डै २० हजार जनामा परिक्षण गरिएको थियो ।
लक डाउन खुल्ला भएपनि आगामी १० दिनसम्म सार्वजनिक स्थानमा मास्क अनिवार्य गरिएको छ । तर, निजी कारमा भने मास्क लगाउन पर्दैन ।सिपङ सेन्टर, सुपरमार्केट, सिनेमा, रंगशाला तथा सार्वजनिक साधानमा मास्क अनिवार्य गरिएको छ । लक डाउन खुल्ला भएपनि थप १४ दिन संवेदशिल भएकाले सुक्ष्म निगरानी राखिने अधिकारीहरुले जनाएका छन् । होटलमा काम गर्ने एक मजदुरमा बेलायती प्रजातिको कोरोना भाइरस संक्रमण देखिएपछि कुइन्सल्याण्ड सरकारले ब्रिजवेनभर ३ दिने लक डाउनको घोषणा गरेको हो । दक्षिण ब्रिजवेनमा बस्ने ती कामदारलाई गत जनवरी २ तारिख देखि नै कोरोना संक्रमण भएको अनुमान गरिएको छ । तर, ५ दिनपछि मात्रै लक्षण देखिएपछि हिजो कोरोना परिक्षण गर्दा संक्रमण देखिएको हो । लक्षण देखिनुअघि ५ दिनसम्म ती कामदार दक्षिण ब्रिजेवनमा विभिन्न स्थानमा गएर किनमेल गरेका, रेल चढेको तथा हिडडुल गरेको भेटिएको छ । तीनै कामदारमार्फतमा समुदायमा कोरोना भाइरस फैलिएको हनुसक्ने अनुमानका आधारमा स्थानिय सरकारले ती भेगका स्थानियमा कोरोना परिक्षण तिब्र बनाएको छ । थप जोखिम कम गर्न जनवरी ८ तारिख शुक्रबार साझ ६ बजेदेखि ११ तारिख सोमबार बेलुकी ६ बजेसम्म ब्रिजवेनभर लक डाउनको घोषणा गरेको हो । गे्रटर ब्रिजवेनको ब्रिजवेन, लोगान, इप्सविच, मोरेटन र रेडल्याण्ड क्षेत्रमा लकडाउन । यस क्षेत्रका बासिन्दालाई लक डाउन अवधीभर घरमै बस्न निर्देशन दिइएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-24' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6