Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपालसहित अष्ट्रेलियाभर मनाइयो पृथ्वी जयन्ती

नेपालसहित अष्ट्रेलियाभर मनाइयो पृथ्वी जयन्ती


ब्रीजबेन, अष्ट्रेलिया । नेपालसँगै अष्ट्रेलियाका विभिन्न शहरमा समेत २ सय ९९ औं पृथ्वी जयन्ती मनाइएको छ । नेपालका एकीकरणकर्ता बडामहाराजा पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसर पारेर प्रवासी नेपाली समाज अस्ट्रेलियाको सक्रियतामा एडिलेड, सिड्नी, मेलबर्नमा विभिन्न कार्यक्रसहित एकता दिवस मनाइएको हो ।

सिड्नीमा प्रवासी नेपाली समाज अष्ट्रेलिया, अन्तर्राष्ट्रिय नेपाली दिवस संयोजन समिति लगायतको आयोजनामा एकता दिवस मनाइएको थियो । यस्तै मेलबर्नमा राष्ट्रिय शक्ति नेपाल अभियान अस्ट्रेलियाले पृथ्वी जयन्ती मनाएको छ । सिड्नीको कार्यक्रममा पूजा आरधना, भजन साथै राष्ट्रिय गीतहरु पनि गाइएको थियो । मेलबर्नमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा भिक्टोरिया राज्यका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योजनसमेत सहभागी हुनुभएको थियो ।

कार्यक्रममा एनआरएन अस्ट्रेलियाका अध्यक्ष केशब कडेल, पूर्वअध्यक्ष टोनु घोताने, पानस अस्ट्रेलियाका उपाध्यक्ष ऋषिकेश न्यौपाने, राष्ट्रिय शक्ति नेपाल अभियान अष्ट्रेलियाका अध्यक्ष विभूषण जोशी लगायतले पृथ्वीनारायण शाहको योगदानलाई नयाँ पुस्ताले स्मरण गर्नुपर्ने धारण राख्नुभयो । क्यानबेरामा भने युवाहरुको सहभागितामा पहिलो पटक पृथ्वी जयन्ती मनाइएको थियो । अष्ट्रलियामा बिगत ३५ बर्ष देखि पृथ्वी जयन्ती एबं राष्ट्रिय एकता दिवस मनाउने गरिएको समाजका अगुवाहरुको दाबी छ ।

नेपालमा समेत विगतभन्दा भब्य देखियो एकता दिवस
लोकतन्त्रपछि सरकारले औपचारिक रुपमा पृथ्वी जयन्ती मनाउन छाडे पनि अनौपचारिक रुपमा विभिन्न कार्यक्रम हुँदै आएका छन् । विगतका वर्षहरुमा थोरै राजतन्त्रका पक्षधरहरुको उपस्थितिमा मात्रै मनाइने यो दिवसमा यो वार्ष भने उत्साह देखिएको छ । काठमाडौं, गोरखा, नुवाकोटलगायतका देशका विभिन्न ठाउँमा पृथ्वी जयन्तीको कार्यक्रम आयोजना गरिएको छ । नेपाली सेनाले दिउँसो काठमाण्डौको भृकुटीमण्डपमा विशेष कार्यक्रम गरेको थियो । सेनाले गोरखाबाट सुरु गरेको पदयात्रा पनि एकता दिवसकै दिन सिंहदरबार अगाडि समापन गरिएको थियो । वि.सं. १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाह १७९९ मा गोरखाका राजा बन्नुभएको थियो ।

पृथ्वीनारायण शाहले राजा बनेपछि सैन्यबलका साथै चातुर्य र कूटनीतिको सहयोगमा नेपाल एकीकरणको मूल जग बसाएको मानिन्छ । आधुनिक नेपाल निर्माणको जग बसाएको, दिव्योपदेशमार्फत राज्य सञ्चालनका लागि मार्गदर्शन गरेको लगायत योगदानका कारण स्मरण गर्ने गरिन्छ । देश विकास र समृद्धिका लागि सुशासन कायम गर्नुपर्ने, घुस दिने र लिने दुवै देशका शत्रु हुन्, नेपाल दुई ढुंगाबीचको तरुल हो, जाइकटक नगर्नु झिकिकटक गर्नु, खेतीयोग्य जमिनमा बस्ती नबसाउनु भन्ने दिव्योपदेशको मर्म अझै पनि उत्तिकै सान्दर्भिक रहेको भएपनि राजतन्त्रको अन्त्यसंगै एकता दिवस नै ओझेलमा परेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6