Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएनआरएनएले नेपाललाई कोभिड–१९ विरुद्धको खोप किन्न सहयोग गर्ने

एनआरएनएले नेपाललाई कोभिड–१९ विरुद्धको खोप किन्न सहयोग गर्ने


काठमाडौं । नेपालमा कोभिड १९ विरुद्धको खोप भित्राउनका लागि गैरआवासीय नेपाली संघले पहल थालेको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले विश्व स्वास्थ्य संगठन साउथ एसियाका वरिष्ट खोप विज्ञ तथा स्वास्थ्य अधिकृत डा. सुधीर खनालसँग नेपालमा कोभिड विरुद्धको खोप लैजान सकिने सम्भवना र चुनौतिको बारेमा भर्चुअल माध्यमबाट छलफल गरेको हो ।

सो कार्यक्रममा गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले गैरआवासीय नेपाली संघले विज्ञहरुको रायको आधारमा खोपको लागि आवश्यक सहयोग गर्न तयार रहेको धारणा राख्नुभयो । नेपाल सरकारसँगको सहकार्यमा कोभिड १९ विरुद्धको खोप किन्न संघ ईच्छुक रहेको समेत उहाँले उल्लेख गर्नुभयो । छलफलमा बोल्दै गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सन्जीव सापकोटाले नेपाल सरकारले खोपका लागि प्रयाप्त तयारी नगरेको अवस्थामा विदेशमा बस्ने नेपालीहरुले देशमा खोप भित्राउन ठूलो भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा बोल्दै डा. सुधीर खनालले नेपालले ल्याउने खोप डब्लुएचओबाट मान्यता प्राप्त हुनु पर्नेमा जोड दिनुभयो । तत्कालका लागि बेलायत, जर्मनी लगायतका मुलुकले उत्पादन गरेका खोप नेपाल ल्याउन सकिने बारे छलफल र तयारी भइरहेको डा. खनालको धारणा थियो । भारतले बनाएको खोप सहज र अन्यको तुलनामा सस्तो भएको भन्दै उहाँले नेपालको लागि उपयुक्त हुने बताउनुभयो । एउटै उत्पादनकर्ताको खोप भित्र्याउन नेपाल सरकारलाई उहाँको सुझाव थियो । नेपालको आवश्यकता हेरेर मात्र खोप भित्राउनु पर्नेमा अधिकांशको जोड थियो । नेपालको ७२ प्रतिशत जनसंख्यालाई खोप दिनको लागि ५४ अर्ब रुपैयाँ लाग्ने डा. खनालको आँकलन थियो । भारत, चीन र रसियाबाट नेपालले खोप ल्याउन पहल गर्दा उपयुक्त हुने डा. खनालको सुझाब थियो । उहाँले नेपालमा खोप खरिद गर्नको लागि आवश्यक ऐन तथा कानूनहरु बाधक रहेको जिकिर समेत गर्नुभएको थियो ।

छलफलमा गैरआवासीय नेपाली संघ कोरियाका डा देवी बस्नेतले साउथ कोरिया, चीन लगायतका देशसँग सहकार्य गरेर नेपाल सरकारले कोभिडविरुद्धको खोप खरिद गर्नुपर्ने धारणा राख्नुभयो । विदेशमा रहेका नेपालीहरुको सक्रियतामा नेपालमा खोप लैजान सक्ने प्रशस्त सम्भवना रहेको दाबी गर्दै उहाँले यसका लागि सबैको सहकार्य आवश्यक हुने बताउनुभयो । एनआरएन अमेरिकाका अध्यक्ष सुनील शाहले नेपालमा खोप पठाउन व्यक्तिगत तथा संस्थागत रुपमा सहयोग गरेर अघि बढ्न सकिने धारणा राख्नुभएको थियो । कार्यक्रममा गैरआवासीय नेपाली संघ अमेरिकका निवर्तमान अध्यक्ष डा. केशव पौडेल, सत्य चौधरी, भूमा लिम्बु, बिमला सापकोटा, डा. सगर पौडेलले नेपालमा खोपका सम्भवनाका बारेमा धारणा रख्नुभएको थियो ।

सरकारले बुधवार एक विज्ञप्ति जारी गर्दै खोप कोषमा योगदान गर्न सबैलाई आग्रह गरेसँगै संघले नेपाल सरकारको आग्रहमा आर्थिक संकलनको तयारी समेत थालेको जनाइएको छ । अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले गैरआवासीय नेपालीहरुले नेपाल सरकारलाई सहयोग गर्दा आर्थिक सहयोग नगरेर सिधैं खोप उपलव्ध गराउँदा उचित हुने सुझाव दिएका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6