Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsइन्डोनेसियाको सुलावेसी द्वीपमा गएको भूकम्पबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो

इन्डोनेसियाको सुलावेसी द्वीपमा गएको भूकम्पबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो


एजेन्सी । इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या ४२ पुगेको छ । ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्पपछि भत्किएका संरचनामा फसेर मृत्यु हुनेको संख्या ४२ पुगेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका हुन् ।

भूकम्पले एउटा अस्पताल र कयौँ भवनहरू भत्किएको जनाइएको छ । भूकम्पका कारण सयौँ मानिस घाइते भएका छन् भने हजारौँ विस्थापित भएका छन् । विनाशकारी भूकम्प र सुनामीका कारण इन्डोनेशिया पटक पटक प्रभावित हुने गरेको छ । सन् २०१८ मा सुलावेसीमा गएको भूकम्पका कारण २,००० जनाभन्दा बढी मानिसको मृत्यु भएको थियो।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6