Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsरुसी विपक्षी नेता नभाल्नी हिरासतमा, मुक्त गर्न ईयू र अमेरिकाको माग

रुसी विपक्षी नेता नभाल्नी हिरासतमा, मुक्त गर्न ईयू र अमेरिकाको माग


एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक एवं विपक्षी नेता एलेक्सी नभाल्नीले आफ्नो देश पुग्नासाथ गिरफ्तार गरिएको विषयलाई अमेरिका र ईयूका नेताहरुले आलोचना गरेका छन् । उनीहरुले तत्काल हिरासत मुक्त गर्न माग समेत गरेका छन् । पक्राउ गर्ने कार्यको निन्दा गरे पनि उनीहरूले उनलाई मुक्त नगरिए रुसविरुद्ध कारबाही गर्ने विषयमा केही भनेका छैनन्।
कस्ले के भने
अमेरिकाका राष्ट्रपति निर्वाचित जो बाइडनको टोलीले नभाल्नीलाई तुरुन्त रिहा गर्न माग गरेको छ। बाइडनले राष्ट्रिय सुरक्षा सल्लाहकारमा मनोनीत गरेका जेक सुलिभानले नभाल्नीको ज्यान लिने कोसिस गरेकाहरूलाई उत्तरदायी बनाउन आह्वान गरेका छन भने अमेरिकी विदेश मन्त्री माइक पोम्पिओले नभाल्नीलाई पक्राउ गरिएकोमा ट्विटरमार्फत् टिप्पणी गरेका छन्। अन्य पश्चिमा नेताहरूले पनि रुसको उक्त कदमको निन्दा गरेका छन्। युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेलले नभाल्नीको पक्राउलाई “अस्वीकार्य” भन्दै तत्काल रिहा गर्न ट्विटरमार्फत रुसी अधिकारीहरूलाई आह्वान गरेका छन् ।

जर्मनीमा उपचार गराएर पाँच महिनापछि आफ्नो मुलुक रुसको मस्को पुग्नासाथ ४४ वर्षीय नेता नभाल्नीलाई प्रहरीले पक्राउ गरेको थियो । गत अगस्टमा रुसकै ओम्स्कबाट मस्कोमा जाँदै गर्दा विमानभित्रै उनी बेहोस भएका थिए। त्यसपछि विमान आकस्किम अवतरण गराई उनलाई एक स्थानीय अस्पतालमा उपचार गरिएको थियो। तर स्वदेशमा उपचार हुन नसकेपछि उनलाई जर्मनी लगिएको थियो। नभाल्नीलाई बेहोस बनाउने सोभियतकालीन रसायन ‘नोभिचोक’ विष खानामा मिसाएर खुवाइएको पाइएको र यसमा रुस सरकारकै हात रहेको आशंका गरिएपनि राष्ट्रपति भ्लादिमिर पुटिन लगायतका सत्तारुढ दलका नेताहरुले आरोपको अस्विकार गर्दै आएका छन् । अस्पतालबाट गत सेप्टेम्बरमै डिस्चार्ज गरिए पनि चिकित्सकको सल्लाहअनुसार आराम गरिरहेका नभाल्नी आइतबार मात्रै स्वदेश फर्किएका थिए ।

फर्किएपछि पक्राउ गर्ने रुस सरकारको चेतावनीबीच आइतबार स्वदेश फर्किएका नेता नभाल्नीले हिरासतमा लिनुअघि मस्कोस्थित सेरेमेत्येवो एयरपोर्टमा आफ्ना समर्थक र सञ्चारमाध्यमसँग भनेका छन्, ‘म सत्यको बाटोमा छु। मलाई कुनै कुराको डर लाग्दैन। मेराविरुद्ध लगाइएका सबै आपराधिक आरोप झुटा छन्।’ नभाल्नीलाई एक जालसाजी मुद्दामा दोषी ठहर्‍याइएको छ। जेलबाट छुट्दा गरेको प्रतिबद्धता उनले उल्लंघन गरेको आरोप लगाइएको छ। रुसी प्रशासनले उनलाई गत डिसेम्बरमै हाजिर हुन भनेकामा त्यसलाई उनले बेवास्ता गरेको आरोप पनि मुद्धामा छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6