Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा कोरोनाको जोखिम टर्दै, सिड्नी महानगरका २५ नगर अरेन्ज जोनमा

अष्ट्रेलियामा कोरोनाको जोखिम टर्दै, सिड्नी महानगरका २५ नगर अरेन्ज जोनमा


ब्रिजबेन, अष्ट्रेलिया । भिक्टोरियास्थित सिड्नी महानगरका ३५ मध्ये २५ नगरपालिकाहरुलाई आजबाट कोरोनाको रेड जोनबाट अरेन्ज जोनमा परेका छन् । राज्यका प्रिमियर डेनियल एन्ड्रयूजले गरेको घोषणाका आधारमा सोमबार राती ६ बजेबाट ब्लू माउन्टेन र ओलोंगोंग क्षेत्रसहितका ५५ नगर रेड जोनबाट अरेन्ज जोनमा झरेका हुन् ।

योसँगै अब रेडजोन क्षेत्रमा रोकिएका भिक्टोरियावासीहरु सेल्फ आइसोलेसनमा बस्ने सर्तनामा पुरा गरेर घर फर्किन पाउने भएका छन् । यसका लागि अनलाईन मार्फत भिक्टोरिया जाने आवेदान भरेर त्यहाँ पुगेको ७२ घण्टाभित्रै कोभिड–१९ को जाँच गराउनु पर्ने छ। भिक्टोरियासँग सीमा जोडिएका न्यु साउथ वेल्स राज्यका शहरहरु भने “ग्रिन” क्षेत्रमा परेका छन् । अब यहाँका बासिन्दाहरुलाई भिक्टोरिया जान कुनै प्रतिबन्ध लागू हुने छैन। अझै पनि सिड्नी क्षेत्रमा रहेका ब्ल्याकटाउन, बरवुड, क्यानेडा बे, क्यान्टेबरि–ब्यांक्सटाउन, कम्बरल्याण्ड, फेयरपल्ड, ईनर वेस्ट, लिभरपुल, प्यारामाट्टा र स्टार्थफिल्ड काउन्सिलहरु भने कोरोना “रेड” जोनको जोखिममै रहेका छन् ।

आईतबार मात्रै संघीय स्वास्थ्य मन्त्री ग्रेग हन्टले अष्ट्रेलियाका कुनै पनि क्षेत्र हटस्पट नरहेको बताउनुभएको थियो । यसले भिक्टोरियालाई न्यूसाउथवेल्ससँगको सिमानामा गरिएको कडाई हटाउन दबाब परेको छ । न्यूसाउथवेल्समा स्थानीयस्तरमा ६ नयाँ कोभिड १९ का संक्रमित भेटिए पनि उनीहरु यसअघि पहिचान भएका संक्रमितको कन्ट्याक टे«सिङका आधारमा पहिचान भएकाले समुदायस्तरमा जोखिम नरहेको बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6