Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअमेरिकाले कागजपत्रविहिन आप्रवासीलाई ग्रीनकार्डहुँदै नागरिकता दिने

अमेरिकाले कागजपत्रविहिन आप्रवासीलाई ग्रीनकार्डहुँदै नागरिकता दिने


गणेश थापा, अमेरिका । संयुक्त राज्य अमेरिकाको ४६औं राष्ट्रपतिको रूपमा आज सपथग्रहण गरेका जो बाइडेनले आप्रवासी सम्बन्धी नयाँ नीति अख्तियार गर्ने तयारी थालेका छन् । डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवार बनेर गत नोभेम्वर ३ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनको प्रतिस्पर्धामा उत्रिदाताका नै आप्रवासी सम्बन्धी नरम नीति लिने संकेत गर्दै आएका बाइडेनले राष्ट्रपतिको कार्यभार सम्हाले लगत्तै संसदमा यस सम्बन्धी प्रस्ताव पेश गर्न लागेका हुन।

अमेरिकाले १ जनवरी २०२१ भन्दा अगाडि प्रवेश गरेका सम्पूर्ण कागजपत्रविहिन आप्रवासीहरूलाई ५ वर्षभित्र ग्रीनकार्ड र ८ वर्षभित्र नागरिकता प्रदान गर्ने सम्बन्धी नयाँ खालको अध्यागमन नीति ल्याउने तयारी गरेको कुरा विभिन्न संचार माध्यमहरूले सार्वजनिक गरेका छन् ।यसबारेको विस्तृत अध्यागमन सम्बन्धी विधेयक नयाँ राष्ट्रपति जो बाइडेनले कंग्रेस (संसद) मा तत्कालै पेश गर्ने तयारी गरेका हुन। यस कार्यक्रमले अमेरिकामा रहेका एक करोड बढी आप्रवासीलाई समेट्ने अनुमान गरिएको छ ।

यो विधेयक पारित भएमा कागजपत्रविहिन हजारौं नेपालीले समेत ग्रीनकार्डहुँदै नागरिकता प्राप्त गर्नेछन् । संसदको दुवै सदनमा राष्ट्रपति बाइडेनको दल डेमोक्रेटिक पार्टीको बहुमत रहेकोले यो विधेयक सहजै पारित हुने प्रवल संभावना रहेको अमेरिकामा रहेका बरिष्ठ कानून व्यावसायी खगेन्द्र जिसीले उल्लेख गरेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6