Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsपिठ्युमा छोरा बोकेर रिक्सा चलाउँदा भाइरल भएका अर्जुन बिक पक्राउ, कारण यस्तो

पिठ्युमा छोरा बोकेर रिक्सा चलाउँदा भाइरल भएका अर्जुन बिक पक्राउ, कारण यस्तो


काठमाडौं । छोरालाई पिठ्युमा बोकेर रिक्सा चलाएको फोटो सामाजिक संजालमा सार्वजनिक भएसँगै भाइरल बनेका अर्जुन बिक प्रहरीबाट पक्राउ परेका छन् । बिकलाई जबरजस्ती करणी, अपहरण र शरीर बन्धक अभियोगमा जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीले अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा गत ८ गते अर्जुनलाई काठमाडौंबाट पक्राउ गरेर कैलाली ल्याइएको जानकारी दिएको छ । अर्जुनविरुद्ध गत भदौ ११ गते नै जिल्ला प्रहरी कार्यालय कैलालीमा अभियोग पत्र दर्ता भएको थियो । १३ वर्षीया बालिकालाई अपहरण गरी शरिर बन्धक बनाई अर्जुनले २०७३ जेठ ३० गते काठमाडौं महानगरपालिका १० देवीनगरस्थित कोठामा डर, धाक, धम्की दिई जबरजस्ती करणी गरेको आरोप लगाइएको छ । यसरी उजूरी दिनेमा अरु कोही नभएर उनकै श्रीमती लक्ष्मी बिक हुन् । जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति लिएर अर्जुनमाथी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

घोडाघोडी नगरपालिका–२ साँडेपानीका २४ वर्षीय बिकको केही समय अगाडि सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भएको थियो । उनले आफ्नो सानो छोरालाई आफैले लगाएको सर्टले पिठ्युँमा बोकेर ठेला गुडाउँदै गरेका थिए । तस्बिर भाइरल भएपछि उनले छोरो जन्मिएको ४ महिनापछि श्रीमतीले छाडेर गएको र आफैले दुःख गरेर छोरालाई हुर्काइरहेको बताएका थिए । उनको जीवनीमा आधारित ‘बिहानी’ बोलको गीत र भिडियो चलचित्र समेत सार्वजनिक भएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6