Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसनसाइनकोष्टको खोलामा डुबेर एक नेपालीको गयो ज्यान

सनसाइनकोष्टको खोलामा डुबेर एक नेपालीको गयो ज्यान


ब्रिजवेन
पौडी खेल्ने क्रममा डुबेर अष्ट्रेलियाको कुइन्सल्याण्ड राज्यको सनसाइनकोष्टमा एक नेपाली पुरुषको ज्यान गएको छ ।
गैरआवासिय नेपाली संघ कुइन्सल्याण्डका अनुसार डिपेन्डेण्ट भिषामा रहेका ४० वर्षिय नेपाली पुरुषको ज्यान गएको हो । सनसाइनकोष्ट नजिकै पर्यटकिय क्षेत्र मलेनीस्थित गार्डेनर्स झरनाको तलाउमा डुबेर मंगलबार साझ ती पुरुषको ज्यान गएको हो ।
पौडी खेलेपछि नजिकैको ढुंगामा बसिरहेका ती पुरुष केही बेरपछि पानीमा खसेर बेपत्ता भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै मृतकका भाईले बताउनुभयो ।  साझ ५ बजेतिर बेपत्ता ती पुरुषको शव साझ ८ बजेतिर झण्डै ६ मिटर तल पानीमुनीबाट प्रहरीले निकालेको थियो । मृतकसंगै अन्य ४ जना साथीभाई पनि झरनामा संगै पुगेका थिए । मृतकको पोष्टमार्टम गरेपछि मात्रै के कारणले घटना भएको भन्ने थप एकिन हुनेछ । ती पुरुष १८ महिनाअघि मात्रै अष्ट्रेलिया आएको बुझिएको छ ।
घटनाबारे जानकारी पाएपछि परिवारलाई सहयोग गर्न पहल गरिरहेको एनआरएनए कुइन्सल्याण्डका संयोजक उमेश खड्काले जानकारी दिनुभयो ।
गत महिना सिड्नी नजिकैको तलाउमा डुबेर एक नेपाली युवकको ज्यान गएको थियो । त्यस्तै गत वर्ष कुइन्सल्याण्डको स्टार्टब्रुक आइल्याण्डको समुन्द्रमा डुबेर एक नेपाली विद्यार्थीको ज्यान गएको थियो । अष्ट्रेलियाको उखरमाउलो गर्मी छल्न पौडी खेल्ने क्रममा नेपालीको ज्यान जाने क्रम बढ्न थालेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6