Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा कोरोनाविरुद्धको खोप : पहिलो चरणमा अग्रपंक्तिमा खटिने ४ लाख ३० हजारलाई लगाइने

नेपालमा कोरोनाविरुद्धको खोप : पहिलो चरणमा अग्रपंक्तिमा खटिने ४ लाख ३० हजारलाई लगाइने


काठमाडौं । नेपालमा आजदेखि कोरोना भाइरसविरूद्धको खोप अभियान सुरू हुँदैछ । बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रूपमा खोपको शुभारम्भ गरेसँगै देशका विभिन्न स्थानबाट कोभिडविरुद्धको खोप लगाइनेछ । प्रधानमन्त्री ओलीले खोप कार्यक्रमको शुभारम्भ गरेसँगै पहिलो खोप टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले लगाउने छन् ।

स्वास्थ्य सेवा विभाग खोप शाखाका निर्देशक डा. झलक शर्मा गौतमले काठमाडौं उपत्यकामा वीर अस्पताल, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल, कीर्तिपुर, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, भक्तपुर अस्पताल, शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र, काठमाडौं मेडिकल कलेज, जोरपाटी, सशस्त्र प्रहरी अस्पताल, बलम्बु, शहीद गंगालाल अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले एकैपटक खोप लगाउनेछन् । गौतमका अनुसार काठमाडौंमा १२, भक्तपुरमा दुई र ललितपुरमा तीन अस्पताल गरी उपत्यकाका १७ केन्द्रबाट खोप उपलब्ध छ ।

काठमाडौं उपत्यकाबाहिर ६२ अस्पतालअन्तर्गत १०३ खोप केन्द्रबाट आजैबाट खोप लगाइनेछ । पहिलो चरणमा कोरोना महामारी रोकथामका लागि अग्रपंक्तिमा खटिएका ४ लाख ३० हजार जनालाई खोप लगाउने सरकारको तयारी छ । देशभरका ३ सय खोप केन्द्रमध्ये सात प्रदेशका १२० केन्द्रमा खोप पुगिसकेको छ । २८० केन्द्र तयार हुन बाँकी रहेकाले ती केन्द्रबाट खोप सुरू हुन भने कम्तीमा आइतबारसम्म जनाइएको छ । नेपाललाई भारतले गत बिहीवार १० लाख डोज अनुदानमा खोप उपलब्ध गराएको थियो । भारतको सिरम इन्स्टिच्युटले अक्सफोर्ड एस्ट्राजेनेकासँग मिलेर उत्पादन गरेको कोरोनाविरुद्धको ‘कोभिडसिल्ड’ खोप ७० प्रतिशतभन्दा बढी प्रभावकारी ठानिएको छ ।

कोरोनाविरुद्धको खोप बारे जान्नैपर्ने १६ सवाल
पहिलो चरणमा चिकित्सकलाई खोप लगाइने भए पनि यो खोपका बारेमा द्विविधा बढेपछि स्वास्थ्य मन्त्रालयले विभिन्न १६ सवालजवाफ बारेको जानकारी सार्वजनिक गरेको छ । खोप किन लगाउने, यसका सम्भावित असर र त्यसपछि अपनाउने पर्ने सावधानिका उपायसमेत समेटर मन्त्रालयले जारी गरेको सूचना यस्तो छ ः



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6