Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकुवेतको फर्वानियामा अब नेपाली मःम हाउस

कुवेतको फर्वानियामा अब नेपाली मःम हाउस


कुवेत, काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेका नेपाली युवाहरुले कुवेतको फर्वानियास्थित अल अरबेत प्लाजाको ग्रान्ड हाइपर मार्केटमा नेपाली मःम हाउस नामक रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । लामो समयदेखि कुवेतमा रहेर थुप्रै व्यावसायिक अनुभव बटुलेका तीन नेपाली युवा अमृत तामाङ ( पोखरा), सन्तोष तामाङ(मोरङ) र सुमन लिम्बु (काठमाडौं)ले संयुक्त लगानीमा नेपाली मःम हाउस सञ्चालनमा ल्याएका हुन् ।

मःम हाउसको कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भन्डारीले उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहमा एनआरएनए कुवेतका अध्यक्ष सुजन केसी, आइसीसी सदस्य अमीत चाम्लिङ राई, महासचिव दिलकुमार पाख्रीन, आदिवासी जनजाती महासंघ कुवेतका महासचिव मन्जित राई, तामाङ घेदुङ कुवेतका अध्यक्ष सुरेश ग्याबा, चितवन सेवा समाजका अध्यक्ष नवीन लोप्चनलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सञ्चालक मध्येका एक अमृत तामाङले नेपाली ५५ लाख रुपैयाँ बढीको लागतमा नेपाली मःम हाउस सञ्चालनमा ल्याईएको जानकारी दिनुभयो। नेपाली समुदायलाई लक्षित गरेर खोलिएको उक्त मःम हाउसमार्फत नेपाली स्वाद लिन चाहने सबैलाई अधिकतम सेवा सुबिधा दिने बताइएको छ ।

फर्वानिय एरियामा बस्ने नेपालीहरुको लागि पायक पर्ने ठाउँमा रहेको मःम हाउस अन्य ठाउँबाट आउनलाई पनि यातायातको राम्रो सुबिधा रहेको सञ्चालकको दाबी छ । मःम हाउसका सञ्चालक त्रयले अन्य ब्यवसायका माध्यमबाट धेरै नेपाली कामदारलाई प्रत्यक्ष रोजगारी दिदै आएका छन् । पछिल्लो समयमा रोजगारको लागि कुवेत पुगेर व्यापार व्यावसाय गर्ने नेपाली युवाहरुको सङ्ख्या बढ्दो क्रममा देखिएको छ । कुवेतमा विभिन्न पेशा गरि करिव ७० हजारको हाराहारीमा नेपालीहरु कार्यरत रहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6