Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaक्युएनसिसिको नयाँ नेतृत्वमा केशव शर्माको टिम

क्युएनसिसिको नयाँ नेतृत्वमा केशव शर्माको टिम


ब्रिजवेन

कुइन्सल्याण्ड नेपाली सांस्कृतिक केन्द्र क्युएनसिसिको दोस्रो कार्यकालका लागि सर्वसम्मतले केशव शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
आइतबार ब्रिजवेनको एक सामुदायिक सभा हलमा सम्पन्न संस्थाको साधारण सभाले उपाध्यक्षमा नारायण पन्थी, कोषाध्यक्षमा दोस्रो पटक रमेश न्यौपानेलाई चयन गरेको हो । सचिव, सहसचिव र सहकोषाध्यक्षको पदमा भने कसैको पनि उमेद्वारी नपरेपछि रिक्त नै राखिएको छ ।
त्यस्तै सदस्यहरुमा निवर्तमान अध्यक्ष हरि खड्का, दिल बस्नेत, बिमल ज्ञवाली, पशुपति भट्टराई, मोहन शर्मा चुनिनु भएको छ । त्यस्तै गिरिराज खनाल, निरञ्जनसिंह थापा, रेवती दाहाल, राजन कोइराला र महालक्ष्मी शर्मा पनि सर्वसम्मतले सदस्य पदमा नियुक्त हुनुभएको छ । अबदेखि गैरआवासिय नेपाली संघ कुइन्सल्याण्ड र नेपाली संघ कुइन्सल्याण्ड एनएक्युको एक एक जना प्रतिनिधी पनि यस संस्थाको सदस्य रहने व्यवस्था गरिएको छ । दुइ संस्थाबाट प्रतिनिधी पठाइएकाले थप सदस्य नियुक्त गरिने बताइएको छ । नया कार्यसमितिको कार्यकाल दुइ वर्षको हुनेछ ।
सन् २०१९ मा स्थापना भएको क्युएनसिसिले ब्रिजवेनमा नेपाली कला सांस्कृतिक केन्द्र बनाउने अभियान सुरु गरेको छ । सामुदायिक भवन बनाउनका लागि रकम संकलनमा सक्रिय क्युएनसिसिले सदस्यता शुल्क, सांस्कृतिक कार्यक्रम र अन्य चन्दालाई मुख्य आर्थिक स्रोत बनाउदै आएको छ । नेपाल ट्युबसंग कुरा गर्दै नवनियुक्त अध्यक्ष केशव शर्माले समुदायको सहभागिता बढाएर छिटो भन्दा छिटो सामुदायिक भवन बनाउन पहल गर्ने बताउनुभयो । सामुदायिक भवनका लागि स्थानिय काउन्सिल र सरकारसंग सहकार्य गरि आवश्यक बजेट ल्याउनका लागि पनि पहल गर्ने शर्माको भनाई छ ।
हाल क्युएनसिसिले स्थानिय काउन्सिलसंग सहकार्य गरेर भवनका लागि जग्गा खोज्ने काम गरिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6