Saturday, 24 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Australia ∕ क्युएनसिसिको नयाँ नेतृत्वमा केशव शर्माको टिम

क्युएनसिसिको नयाँ नेतृत्वमा केशव शर्माको टिम


ब्रिजवेन

कुइन्सल्याण्ड नेपाली सांस्कृतिक केन्द्र क्युएनसिसिको दोस्रो कार्यकालका लागि सर्वसम्मतले केशव शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
आइतबार ब्रिजवेनको एक सामुदायिक सभा हलमा सम्पन्न संस्थाको साधारण सभाले उपाध्यक्षमा नारायण पन्थी, कोषाध्यक्षमा दोस्रो पटक रमेश न्यौपानेलाई चयन गरेको हो । सचिव, सहसचिव र सहकोषाध्यक्षको पदमा भने कसैको पनि उमेद्वारी नपरेपछि रिक्त नै राखिएको छ ।
त्यस्तै सदस्यहरुमा निवर्तमान अध्यक्ष हरि खड्का, दिल बस्नेत, बिमल ज्ञवाली, पशुपति भट्टराई, मोहन शर्मा चुनिनु भएको छ । त्यस्तै गिरिराज खनाल, निरञ्जनसिंह थापा, रेवती दाहाल, राजन कोइराला र महालक्ष्मी शर्मा पनि सर्वसम्मतले सदस्य पदमा नियुक्त हुनुभएको छ । अबदेखि गैरआवासिय नेपाली संघ कुइन्सल्याण्ड र नेपाली संघ कुइन्सल्याण्ड एनएक्युको एक एक जना प्रतिनिधी पनि यस संस्थाको सदस्य रहने व्यवस्था गरिएको छ । दुइ संस्थाबाट प्रतिनिधी पठाइएकाले थप सदस्य नियुक्त गरिने बताइएको छ । नया कार्यसमितिको कार्यकाल दुइ वर्षको हुनेछ ।
सन् २०१९ मा स्थापना भएको क्युएनसिसिले ब्रिजवेनमा नेपाली कला सांस्कृतिक केन्द्र बनाउने अभियान सुरु गरेको छ । सामुदायिक भवन बनाउनका लागि रकम संकलनमा सक्रिय क्युएनसिसिले सदस्यता शुल्क, सांस्कृतिक कार्यक्रम र अन्य चन्दालाई मुख्य आर्थिक स्रोत बनाउदै आएको छ । नेपाल ट्युबसंग कुरा गर्दै नवनियुक्त अध्यक्ष केशव शर्माले समुदायको सहभागिता बढाएर छिटो भन्दा छिटो सामुदायिक भवन बनाउन पहल गर्ने बताउनुभयो । सामुदायिक भवनका लागि स्थानिय काउन्सिल र सरकारसंग सहकार्य गरि आवश्यक बजेट ल्याउनका लागि पनि पहल गर्ने शर्माको भनाई छ ।
हाल क्युएनसिसिले स्थानिय काउन्सिलसंग सहकार्य गरेर भवनका लागि जग्गा खोज्ने काम गरिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-24' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6