Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियन सरकारको १० लाख डलर अनुदानबाट सिड्नीमा नेपाली सामुदायिक भवन

अष्ट्रेलियन सरकारको १० लाख डलर अनुदानबाट सिड्नीमा नेपाली सामुदायिक भवन


सिड्नी
अष्ट्रेलियाको संघिय सरकारले नेपाली समुदायका लागि दिने भनिएको १० लाख डलर अनुदानको प्रकृया अन्तिम चरणमा पुगेको छ । सन् २०१९ को संघिय आम निर्वाचन ताका सिड्नीको एक उमेद्वार डेभिड कोलम्यानले नेपाली सामुदायिक केन्द्रका लागि १० लाख डलर अनुदान उपलब्ध गराउने घोषणा गर्नु भएको थियो । उक्त अनुदान प्राप्त गर्न आवश्यक तयारी र समन्वय गर्ने कार्य सिड्नीस्थित नेपलिज अष्ट्रेलियन एशोसियसनले गर्दै आएको छ । हालै एशोसियसनले जुममार्फत पत्रकार सम्मेलन गरि पछिल्लो प्रगतीबारे जानकारी गराएको हो ।
एशोसियसनले जारी गरेको विज्ञप्ती अनुसार यसअघि सामुदायिक केन्द्रको विस्तृत संभाव्यता अध्ययन रिपोर्ट संघिय सरकारको इन्फास्टक्चर, ट्रान्सपोर्ट, सिटिज र रिजनल डेभलपमेन्ट विभागमा बुझाई सकिएको छ । रिपोर्ट प्रस्ताव अनुसार सामुदायिक केन्द्र निमार्णका लागि १२ लाख ५० हजार डलर खर्च हुने अनुमान गरिएको छ । जसमा १० लाख जग्गा र भवन खरिदका लागि खर्च हुनेछ भने बाकी रकम प्रशासनिक तथा मर्मत संभारमा खर्च हुने उल्लेख छ । थप ५० हजार डलर चाहि भइपरी आउने क्रियाकलापमा खर्च गरिने बताइएको छ ।
अनुदान स्विकृत हुनका लागि सरकारले दिने पैसाले जागिर सृजना गरि आर्थिक गतिविधी चलायमान हुनपर्ने सर्त अनिवार्य गरिएको छ । सरकारले दिएको पैसाले जग्गा मात्रै खरिद गर्दा स्थानिय स्तरमा जागिरको सृजना नहुने भएकाले विभागको सल्लाह बमोजिम थप तीन लाख डलर समुदायस्तरबाट संकलन गरि त्यसबाट रोजगारीजन्य आर्थिक कृयाकलाप गर्ने गरि यस अघिको रिपोर्टलाई परिमार्जन गरिएको छ ।
संघिय सरकारले दिने १० लाख डलर बाहेक अन्य ३ लाख डलर चाहि समुदायबाट चन्दा संकलन गरिने एशोसियसनले तयारी थालेको छ । चन्दा संकलनका लागि १५१ सदस्यी सामुदायिक केन्द्र डेलिभरी एम्बास्डर समुह गठन भएको छ ।
विभागको अपेक्षा अनुसार फेब्रवरी महिनाभित्र ३ लाख डलर चन्दा संकलन गरिसक्नुपर्ने एशोसियसनले जनाएको छ । समयमै चन्दा संकलन भएर मापदण्ड पुरा भएमा सन् २०२१ को जुनभित्र अनुदान रकम नेपाली समुदायले पाउनेछ । त्यस्तै सन् २०२२ को मार्चभित्र भवन खरिद गरि मर्मत संभार गरेर सामुदायिक केन्द्र तयार हुने बताइएको छ ।
नेपाली समुदायको पहिलो बृहद सामुदायिक केन्द्र निमार्णमा सहयोग गर्न एशोसियसनले सबै नेपालीलाई अपिल गरेको छ ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6