Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsवागमती सफाइको ४०४ हप्ता, कहिले बग्छ पानी सफा ?

वागमती सफाइको ४०४ हप्ता, कहिले बग्छ पानी सफा ?


काठमाडौं । वाग्मती सफाइ महाअभियानले यो शनिबारबाट ४०४ औँ हप्ता पुरा गरेको छ । शनिबार आलोकनगर शिव मन्दिर नजिकैको नदी किनारबाट १० मेट्रिकटन फोहोर व्यवस्थापन गरिएको हो ।

सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, नवनियुक्त आयोजना प्रमुख रवीन्द्र बोहरा, काठमाडौँ महानगरपालिका वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकार, महानगरपालिका–९ का सदस्य टेकराज अधिकारी, नेपाली सेनाको चण्डी दल गण सिंहदरबार, एस ट्राभल्स, पहिलो पाइला, काठमाडौँ महानगर फोहर व्यवस्थापन विभाग टेकु, वाग्मती फोहर उन्मूलन उपभोक्ता समाज, आलोकनगर समुदाय, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका कर्मचारीलगायतको उपस्थिति भएको थियो । नवनियुक्त आयोजना प्रमुख बोहरालाई वाग्मती सफाइ महाअभियानले स्वागत गरेको थियो । कार्यक्रममा समितिका अध्यक्ष तिमल्सिना र आयोजना प्रमुखले वाग्मती नदी छिटोभन्दा छिटो स्वच्छ बनाउने दृढता व्यक्त गरे ।

विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान जारी छ । यही अभियान अन्तर्गत वाग्मतीसँगै उपत्यकामा यसका सहायक नदी पनि सफाइ भइरहेको छ । यसबाट प्रभावित भई हाल देशभर १०६ स्थानमा सफाइ कार्यक्रम चल्दै आएको छ । रपनि बागमतिमा स्वच्छ र सफा पानी बगाउँदै हराभरा बनाउने अभियान यति लामो समयसम्म पनि पुरा हुन सकेको छैन ।

फोहोरको श्रोत पहिचान गरेर रोकथाम आवश्यक
बागमति लगायतका उपत्यकाका नदीमा सफाई अभियानले निरन्तरता पाएको छ । तर फोहोर र नदीको अवस्था सामान्य भन्दा साखै परिवर्तन हुन सकेको छैन । लाखौँ लाख सफाई अभियन्ताले नदी सफा गरेका छन् । यसमा अधिकार सम्पन्न बागमति सभ्यता एकिकृत विकास समितिले कर्मचारि नै राखेर सफाई गरिरहेको छ । नदीमा फोहोर मिसाउने केहीलाई बेलामौकामा कारबाही गरेपनि फोहोरको श्रोत पहिचान गरेर पनि रोकथाम गर्न सकिएको छैन । व्यवस्थित ढल निकास तथा फोहोरमैला व्यवस्थापनमा पर्याप्त बजेट नपाउँदा बागमतिको दिर्घकालिन सफाई प्रभावित भएको समितिको दाबी छ । पर्याप्त बजेट र आफूहरुको योजना अनुसार बिना अवरोध काम भएमा ४ बर्षमा बागमतिमा खानयोग्य पानी बगाउने दाबी विकास समितिले गर्दै आएको छ ।

बागमति लगायतका उपत्यकाका सहायक नदीहरुको सफाई वा स्वच्छताका नाममा लाखौँ खर्च गर्ने अनि यहि अभियानको नाम भजाएर कमाउनेहरु सक्रिय भएका कारण समेत उपत्यकाका नदीको सफाईले गति नलिएको कतिपयको बुझाई छ । सडकको ठोस फोहोर व्यवस्थापन गरेर मात्रै नदीमा स्वच्छ पानी बगाउन सम्भव देखिदैन, यसका लागि श्रोतको पहिचान गर्दै दिर्घकालिन व्यवस्थापनमा अभियन्ता र विकास समितिले ध्यान दिने हो भने हामीले चाहेको बाग्मती र सहायक नदी छिट्टै देख्न पाइनेछ । अन्यता नदी सफाई अभियानले मात्रै सफा पानी र बागमतीको सभ्यताको कल्पना बेकार हुनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6