Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोरोनाविरुद्धको खोपको असमान वितरण रोक्नुपर्छ :संयुक्त राष्ट्र संघ

कोरोनाविरुद्धको खोपको असमान वितरण रोक्नुपर्छ :संयुक्त राष्ट्र संघ


काठमाडौं । कोरोना भाइरसविरुद्धको खोपको असमान वितरण भइरहेको भन्दै संयुक्त राष्ट्र संघले चिन्ता व्यक्त गरेको छ । बुधबार संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै महासचिव गुटेरसले कोरोनाविरुद्धको खोप अभियान असमान र अनुचित भएको भन्दै कडा आलोचना गर्नुभएको हो ।

कुल कोरोना खोपको ७५ प्रतिशत हिस्सा १० देशको नियन्त्रणमा रहेको भन्दै उहाँले आपत्कालीन खोप अभियान सबै मिलेर सुरु गर्नुपर्नेमा जोड दिनुभएको छ । खोपको समान वितरण सुनिश्चित गर्न पनि विश्व समुदायलाई महासचिव गुटेरले अनुरोध गर्नुभएको छ । असन्तुष्टी व्यक्त गर्दै महासचिव गुटेरसले भन्नुभया, ‘विश्वमा अहिले पनि १३० मुलुक यस्ता छन्, जहाँ अहिलेसम्म कोरोनाको एक डोज खोप उपलब्ध गराइएको छैन ।’ कोरोना महामारीले निम्त्याएको कठिन परिवेशमा खोपको समान वितरण विश्व समुदायको नैतिक परीक्षा भएको उहाँको दाबी थियो ।

जी–२० का ठूला अर्थतन्त्र भएका मुलुकहरूले खोप अभियानका लागि एउटा आपत्कालीन टास्क फोर्स गठन गर्नुपर्ने, टास्क फोर्समा औषधि निर्माता कम्पनीलाई समेट्न र विश्वका सात ठूला औद्योगिक देशले यसमा स्रोत जुटाउनपर्नेमा महासचिव गुटेरसको जोड थियो । सुरक्षा परिषद्का अध्यक्षसमेत रहेका बेलायतका विदेशमन्त्री डोमिनिक राबले संघर्ष जारी रहेका क्षेत्रमा युद्धविराम गराइएमा खोप पुर्याउन कुनै समस्या नरहेको जिकिर गर्नुभएको थियो । बेलायतले करिब १६ करोड मानिस खोप अभियानको दायराबाट बाहिर रहने अवस्था रहेको बताएको छ । कुनै न कुनै रुपको हिंसात्मक गतिविधिका कारण विश्वका विभिन्न क्षेत्रका १६ करोड मानिस खोप अभियानबाट वञ्चित हुन सक्ने आँकलन गरिएको हो । यमन, सिरिया, दक्षिण सुडान, सोमालिया र इथियोपियाजस्ता मुलुकमा द्वन्द्व जारी रहेकाले खोप अभियानमा चुनौती देखिएको हो ।

ब्लूमबर्ग भ्याक्सिन ट्रयाकरको तथ्यांकअनुसार अहिलेसम्म विश्वका विभिन्न ८२ देशमा कोरोना खोप लगाउन सुरु गरिएको छ । इतिहासकै सबैभन्दा ठूलो खोप अभियानका रुपमा अघि बढेको कोरोना खोप अहिलेसम्म करिब १८ करोड मानिसले लगाएका छन् । अमेरिकामा मात्रै ५ करोड ७० लाख डोज लगाइएको तथ्यांकले देखाएको छ । फाइजर–बायोएनटेक, मोडर्ना, एस्ट्राजेनेका–अक्सफोर्ड, गामालेय, र सिनोभ्याकलगायतका कम्पनीले बनाएको कोरोनाविरुद्धका खोप अहिले प्रयोगमा छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6