Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालको संसद विघटनलाई बदर गर्ने ऐतिहासिक फैशला, १३ दिनभित्रै संसद बैठक

नेपालको संसद विघटनलाई बदर गर्ने ऐतिहासिक फैशला, १३ दिनभित्रै संसद बैठक


काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गर्ने ऐतिहासिक फैशला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो ।

मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए ।

संबिधानको व्यवस्था विपरित बहुमतको प्रधानमन्त्रीले संसद विघटन गरेको भन्दै नेकपाकै प्रचण्ड नेपाल समूह, जनता समाजवादी पार्टी, साझा विवेकशिल लगायतका पार्टी नागरिक समाजका अगुवासहित पेशाकर्मीहरु आन्दोलित हुँदै आएका थिए । यो फैशलापछि राजनीतिक घटनाक्रम कसरी अघि बढ्दा अबको आम चासो यतातिर मोडिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6