Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaविद्येयक संशोधनको तयारी, कहिलेबाट हट्ला अष्ट्रलियामा फेसबुकले लगाएको प्रतिबन्ध ?

विद्येयक संशोधनको तयारी, कहिलेबाट हट्ला अष्ट्रलियामा फेसबुकले लगाएको प्रतिबन्ध ?


ब्रिजबेन, अष्ट्रेलिया । सामाजिक सञ्जाल कम्पनी फेसबुकले अष्ट्रेलियाका समाचार साईटहरुलाई आफ्नो प्लेटफर्ममा सामग्री शेयर गर्न लगाएको प्रतिबन्धले निरन्तरता पाउँछ वा हट्छ भन्ने चासो अहिले धेरैको छ । अष्ट्रेलियाका ट्रेजरर जोश फ्रेडनबर्गले र सञ्चार मन्त्री पल प्लेचरले मंगलबार अपरान्ह सरकारले ल्याउन लागेको विधेयकमा केही परिवर्तन गर्ने सहमति जुटाएसँगै प्रतिबन्ध हट्ने आँकलन गरिएको छ ।

यद्यपी कहिलेबाट हट्ने भने निश्चित भएको छैन । संयुक्त विज्ञप्ति प्रकाशित गर्दै दुबै मन्त्रीले संशोधनले न्यूज मिडिया विजनेसलाई कसरी आर्थिक रुपमा सबलीकरण गर्नेछ भन्ने विषयमा स्पष्टता ल्याउने र फेसबुकले लगाएको प्रतिबन्ध फुकुवा हुने विश्वास व्यक्त गर्नुभएको छ । यता, फेसबुकका ग्लोबल न्यूज पार्टनरशिप उपाध्यक्ष क्याम्पबेल ब्राउनले पनि कम्पनीले आगामी दिनमा न्यूज पेजहरुलाई पुनः पहिलेकै अवस्थामा सञ्चालन हुन दिने बताएपनि कहिलेबाट भन्ने खुलाइएको छैन । “अष्ट्रेलियन सरकारसँगको थप छलफलबाट हामी एउटा सम्झौतामा पुगेका छौं जसमा हामीलाई हामीले छानेको प्रकाशकलाई सहायता गर्ने छुट हुनेछ । यसमा साना स्थानीय प्रकाशक पनि समावेश हुनेछन् । यसैकारण हामीले न्यूजलाई अष्ट्रेलियामा फेरि पुनर्स्थापित गर्दैछौं ।” क्याम्पबेल ब्राउनले भन्नुभएको छ ।

फेसबुकले समाचार सेयर गरेर आउने आम्दानीको केही हिस्सा मिडिया हाउसलाई समेत दिनुपर्नेगरि सरकारले विद्ययक ल्याउने तयारी गरेसँगै फेसबुकले समाचार सामाग्री सेयर गर्नबाट रोकेको थियो भने गुगलले केही साझेदारी गर्नेगरि सहमति गरेको थियो । सामाजिक सञ्जाल फेसबुकबाट नै समाचार हेर्ने पढ्ने दर्शकहरु तथा सञ्चार उद्यमीहरु यतिबेला फेसबुकले लगाएको प्रतिबन्ध कहिलेबाट हट्छ भन्ने प्रतिक्षामा छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6