Monday, 5 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Australia ∕ सिड्नीमा नेपाली पत्रकार मृत भेटिए

सिड्नीमा नेपाली पत्रकार मृत भेटिए


सिड्नी
सिड्नीस्थित स्किड रो रेडियोमा नेपाली कार्यक्रम हिमालयन रेडियो संचालन गर्ने नेपालीमुलका संचारकर्मी टीका कार्की आफ्नै निवासमा मृत भेटिनुभएको छ । ।
शनिवार सिड्नीस्थित निवासको ओछ्यानमै संचारकर्मी कार्की अचेत अवस्थामा भेटिनुभएको हो ।  घटनास्थल पुगेका प्रहरी र पारामेडिक्सको टोलीले प्रारम्भिक परिक्षण गरि कार्कीलाई अस्पताल लगेका थिए । अस्पताल पुगेपछि कार्कीलाई मृत घोषणा गरिएको थियो ।
केही दिनदेखि मोवाइल नउठेपछि कार्कीकी बहिनीले शंका लागेर प्रहरीलाई सम्पर्क गर्नुभएको थियो । प्रहरीले कोठाको ढोका खोलेर हेर्दा कार्की ओछ्यानमै अचेत अवस्थामा ढलिरहनुभएको थियो । । कार्की सिड्नीको डलविच हिलमा डेरा लिएर एक्लै बस्दै आउनुभएको थियो । मृत्युको कारण बारे पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा हुने प्रहरीले जानकारी दिएको छ ।
सन् १९९६ सालमा अष्ट्रेलिया आउनुभएका कार्कीको एक श्रीमति र दुइ छोराहरु हुनुहुन्छ । उहाहरु सबै नेपालमै बस्दै आउनुभएको छ । बाग्लुङ स्थाई घर भएका कार्कीले झण्डै एक दशकदेखि रेडियोमा नेपाली कार्यक्रम संचालन गर्दै आउनुभएको थियो । त्यस्तै दुइ दशकभन्दा बढी समयदेखि सामाजिक कार्यमा समेत सक्रिय हुनुहुन्थ्यो ।
सहकर्मीको असामयिक निधनप्रति अष्ट्रेलियाका नेपाली पत्रकारहरुले दुख व्यक्त गरेका छन् । आइतबार बसेको अष्ट्रेलियन नेपलिज जर्नलिष्ट एशोसियसन एन्जाको बैठकमा सदस्यहरुले कार्कीको आत्माको शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरेका थिए ।

एन्जाले जारी गरेको विज्ञप्ती

जुममा भएको बैठकमा एन्जाका अध्यक्ष हेमन्त काफ्लेले कार्कीको निधनले अष्ट्रेलियाको नेपाली समाजलाई अपुरणिय क्षति पुगेको बताउनुभयो । त्यस्तै एन्जाका सल्लाहकार समेत रहनुभएका ब्रिजवेनका संचारकर्मी डा भरत पौडेलले प्रवासमा रहेर दुइ दशकभन्दा बढी समय पत्रकारिता गर्ने कार्की विश्वभरीका नेपाली समाजमा परिचित रहेको बताउनुभयो ।
एन्जाले कार्कीको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । परिवारका सदस्यसंग छलफल गरेर के कस्तो सहयोग गर्ने भन्ने निर्णय गरिने एन्जाका महासचिव चिरञ्जिवी देवकोटाले जानकारी दिनुभयो । कार्कीको शव नेपाल पठाउन सिड्नीका नेपाली संघसंस्थाले आर्थिक सहयोग संकलन समेत सुरु गरेका छन् ।


ट्याग : #tika karki
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-05' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6