Sunday, 25 October 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Home ∕ Breaking News ∕ विप्लव समूह अब शान्तिपूर्ण राजनीतिमा, तीन बुँदे सहमतिको विस्तृत खुलाशा शुक्रबार

विप्लव समूह अब शान्तिपूर्ण राजनीतिमा, तीन बुँदे सहमतिको विस्तृत खुलाशा शुक्रबार

शुक्रबार प्रधानमन्त्री ओली र नेपाल कम्युनिस्ट पार्टीका महासचिव ‘विप्लव’को सम्बोधन


काठमाडौं । सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति भएसँगै विप्लव समूहले हिंसाको बाटो छोड्ने भएको छ । बुधबार दुई चरण र बिहीबार एक चरण सरकार र विप्लव समूहबीच भएको वार्ताबाट तीन बुँदे सहमति भएसँगै विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउने भएको हो ।

सहमतिअनुसार विप्लव नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा संचालन गर्ने र नेपाल सरकारका तर्फबाट लागइएको पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाई र मुद्दा खारेजी हुने भएको छ । सहमतिको विस्तृत विवरण शुक्रबार दिउँसो २ बजे विशेष समारोहबाट सार्वजनिक गरिने जनाइएको छ ।

समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीकातर्फबाट महासचिव ‘विप्लव’ले सम्बोधन गर्ने छन् । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् । सरकारले चन्द नेतृत्वको नेकपामाथि ०७५ फागुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
यस्तो छ सहमति पत्र :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-10-25' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6