Wednesday, 22 July 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsविप्लव समूह अब शान्तिपूर्ण राजनीतिमा, तीन बुँदे सहमतिको विस्तृत खुलाशा शुक्रबार

विप्लव समूह अब शान्तिपूर्ण राजनीतिमा, तीन बुँदे सहमतिको विस्तृत खुलाशा शुक्रबार

शुक्रबार प्रधानमन्त्री ओली र नेपाल कम्युनिस्ट पार्टीका महासचिव ‘विप्लव’को सम्बोधन


काठमाडौं । सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति भएसँगै विप्लव समूहले हिंसाको बाटो छोड्ने भएको छ । बुधबार दुई चरण र बिहीबार एक चरण सरकार र विप्लव समूहबीच भएको वार्ताबाट तीन बुँदे सहमति भएसँगै विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउने भएको हो ।

सहमतिअनुसार विप्लव नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा संचालन गर्ने र नेपाल सरकारका तर्फबाट लागइएको पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाई र मुद्दा खारेजी हुने भएको छ । सहमतिको विस्तृत विवरण शुक्रबार दिउँसो २ बजे विशेष समारोहबाट सार्वजनिक गरिने जनाइएको छ ।

समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीकातर्फबाट महासचिव ‘विप्लव’ले सम्बोधन गर्ने छन् । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् । सरकारले चन्द नेतृत्वको नेकपामाथि ०७५ फागुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
यस्तो छ सहमति पत्र :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ

WordPress database error: [Table 'nepaltubedb.wp_techiepopularsummary' doesn't exist]
SELECT count(post_id) AS total_count,wp_posts.post_title,wp_posts.ID from wp_techiepopularsummary INNER JOIN wp_posts ON wp_posts.id=wp_techiepopularsummary.post_id WHERE view_date>='2026-07-22' GROUP BY post_id ORDER BY total_count DESC LIMIT 6